Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

आगलगीबाट अठार लाख क्षति



६ माघ, सर्लाही ।  घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर नष्ट भएको छ ।

आगलगीबाट करीब रु १८ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । इशा महमदको इँटा र फुसले छाएको घर, घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर रु १० लाख बराबरको क्षति भएको छ । किताब लहेरीको फुसको घर, घरमा रहेको बाख्रा, खसी, पाडी जल्दा करीब रु तीन लाख बराबरको क्षति भएको छ । सलिम लहेरीको फुसको घर पूर्ण रुपमा जलेर दुई लाख ७५ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै मन्जुर लहेरीको घरको छानो जली करीब एक लाख बराबरको क्षति भएको छ । जाजुल लहेरीको पाँच बाख्रा र घरमा आंशिक क्षति पुगेर करीब रु ५० हजारको क्षति भएको छ भने अकबर लहेरीको फुसको घर पूर्णरूपमा जल्दा रु एक लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी एिका छन् ।

स्थानीयवासी, प्रहरी र मलङ्गवा नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिँदा थप क्षति हुनबाट जोगिएको नगरपालिका प्रमुख अभय सिंहले जानकारी दिए । पीडितलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रमुख सिंहले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्