Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

खानेपानी जागरण अभियान



६ माघ, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा खानेपानी व्यवस्थापन गर्न स्थानीय युवाद्वारा जागरण अभियान थालिएको छ ।

पाँचखाल नपाको सबै वडामा खानेपानी पु¥याउने उद्देश्यले सञ्चालित सुनकोशी पाँचखाल वृहत खानेपानी परियोजना सफल बनाउन स्थानीय युवाले जागरण अभियान थालेका हुन् । जागरण अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था, विद्यालय तथा सरोकारवालाको सहभागितामा प्रत्येक वडामा परियोजनासम्बन्धी जानकारीमूलक ब्यानर र प्लेकार्डसहितको ¥याली गर्दै आइएको छ ।

“वडाका कतिपय स्थानमा भेला गरेर तथा घरघरमा गएर खानेपानी जागरण अभियान गरिरहेका छौँ’ पाँचखाल नपा–४ तामाघाटका युवा कञ्चन अधिकारीले भनेका छन् । उनका अनुसार परियोजनाका लागि उपभोक्ताले पनि रकम जम्मा गर्नुपर्ने भएकाले जानकारीका लागि पनि अभियान चलाइएको हो ।

परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । उनका अनुसार नेपाल सरकार, एशियाली विकास बैंक एडिबी र उपभोक्ताको लागतमा परियोजना सम्पन्न गरिनेछ ।

परियोजनामा लाग्ने रु दुई अर्ब २१ करोडमध्ये पाँच प्रतिशत रकम उपभोक्ता समितिले ब्यहोर्नुपर्नेछ । यसमध्ये यहाँका छ हजार घरपरिवारले रु १८ हजारका दरले रकम परियोजनाको बैंक खातामा जम्मा गर्नुपर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार