back

मिसेस व्यूटी नेपालका प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा

वि.सं.२०७५ माघ ६ आइतवार

369 

shares
GLOBAL IME AD
NTC AD
 

६ माघ काठमाडौ । सिजन मिडिया प्रालिद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन २ मा सहभागी २३ जना प्रतियोगीहरुले एक कार्यक्रम आयोजना गरि आआफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरेका छन ।
उक्त कार्यक्रममा माया लुकी लुकी वोलको गितमा नृत्य गरेर अमृता
थापाले कार्यक्रमको सुभारम्भ गरेकी थिइन भने, जयन्ति गौतमले नारी शिर्षकमा कविता वाचन गरेर सवैलाई मग्न मन्ध वनाएकी थिइन त्यस्तै मेनुका श्रेष्ठ,रिजा श्रेष्ठ,रेस्मा केसी,पुजा रसाइली कविता ओझा सिग्देल, अप्सरा वस्नेत,कल्पना आचार्य, प्रमिला भण्डारी र चेसाङ लामाले नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरी आन्तरीक प्रतिभा प्रर्दशन गरेका थिए ।

 त्यसै गरी सुस्मीता तिवारीले गजल प्रस्तुत गरिन भने सोनु वराल , सोभा गिरी अम्विका थापा जोया वुढाथोगी, विजया काफ्ले र शान्ति लिम्वुले विधिन्न विषयमा आफ्नो विचार व्यक्त गरी आन्तरीक क्षमता प्रस्तुत गरेका थिए ।

त्यस्तै पुण्डिका चौलागाई र पार्वती खत्रीले नेपाली लोक दोहोरीमा गित गाएर सम्पूर्ण प्रतियोगी, निर्णायक मण्डलहरुलाई नचाएर कार्यक्रममा थप मनोरन्जन प्रदान गरेकी थिइन ।

 उक्त कार्यक्रममा वरिष्ठ डान्स कोरीयो ग्राफर राजेन्द्र राई, गायक भिम लिम्वु, सुजुकी स्कुटरका वजार व्यवस्थापक नवराज कोइराला,फेशन डिजाइनर राधा ढकाल र जुम्वा प्रशिक्षक सोनाम केसी निर्णायक मण्डलमा रहेका थिए ।

उक्त प्रतियोगिताको अन्तीम प्रतिस्प्रधा माघ १२ गते शनिवार प्रज्ञा भवन कमलादीमा सम्पन्न हुनेछ, भने विजेताले “मिसेस व्यूटी क्वीन नेपाल २०१९” को उपाधी सहित रु १ लाख ८५ हजार वरावरको लेट्स सुजुकी स्कुटर ,५ दिने दुवाई भ्रमणको लागि टिकट साथै विभिन्न उपहारहरु पाउने छन । फस्ट रनर अप र सेकेण्डरनर अपले भने क्रमशः मोवाइलफोन र विभिन्न उपहारहरु प्राप्त गर्ने छन ५ दिने दुवाई भ्रमण टिकट साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिनेछ ।

वि.सं.२०७५ माघ ६ आइतवार १२:५६ मा प्रकाशित