back

प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’

वि.सं.२०७५ माघ ६ आइतवार

483 

shares
GLOBAL IME AD
NTC AD

६ माघ, काठमाडौ ।  नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ ।

झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको सहायता कक्षबाट नागरिकहरूले महसुस गर्ने गरी सेवा उपलब्ध गराउन महानिरीक्षक खनालले प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

अधिकांश स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी समितिहरू स्थापना भइसकेको जानकारी दिंदै उनले प्रहरीको एउटै मात्र उद्देश्य समुदायसँग मिलेर अपराध न्यूनीकरण तथा शान्ति, सुरक्षा र अमनचैन कायम गरी समृद्ध राष्ट्र निर्माणमा सहयोग गर्नु रहेको बताए । गुण्डागर्दीलाई जरैदेखि फाल्न निर्देशन दिँदै उनले यस्ता गतिविधि समाजमा देखिए खबर गर्न समुदायलाई आग्रह गरे ।

कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शान्ति र भयरहित समाज निर्माणले मात्रै समृद्ध नेपाल बन्नसक्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्त लामाले सेवाग्राहीलाई अन्योल नहोस भनेर अस्थायी कार्यालयमा नै सहायता कक्ष स्थापना गरिएको बताउँदै काठमाडौँको शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए ।

सामुदायिक सेवा केन्द्रका प्रतिनिधि अच्यूत सापकोटाले प्रहरीसँगको साझेदारीले नागरिकलाई शान्ति सुरक्षाको महसुस भएको बताए । भवन निर्माणका लागि नेपाल बङ्गलादेश बैंकले सहयोग गरेको जनाइएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका, विश्वास नेपाल र संरक्षक समुहबाट फर्निचर र टेलिभिजन उपलब्ध भएको परिसरका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार सहायता कक्षबाट सचेतनामूलक श्रव्यदृष्य सामाग्री प्रसारणका साथै चेतनामूलक कार्यक्रम तथा नागरिकका गुनासाहरूको सुनुवाइ गरिने छ ।

वि.सं.२०७५ माघ ६ आइतवार १३:४५ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...