Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

सार्वजनिक शौचालय निर्माण अन्योलमा



६ माघ, काठमाडौ ।  काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।
झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम शुरु गर्न अझै केही समय लाग्नेछ । अहिले महानगरले सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक ठाउँ र बनाउन सकिने नसकिने विषयको अध्ययन थालेको छ । सो अध्ययनका आधारमा काम अघि बढ्ने प्रवक्ता उनले जानकारी दिए ।
अहिले महानगरका केही स्थानमा सार्वजनिक शौचालय रहेपनि ति अत्यन्तै फोहर र दुर्गन्धित छन् । महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिएका थिए ।

प्रवक्ता डङ्गोलले भने, “कामपामा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो ।” वडाबाट सिफारिस आएपछि मात्र महानगरले लागतसहितको डिजाइन तयार गर्नेछ । निर्माणका लागि लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा धादिङमा ८ पालिका जित्दै एमाले

काठमाडौं । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा (एमाले)ले काठमाडौंमा काठमाडौं महानगरसहित

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी

काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा