Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता



६ माघ, काठमाडौँ – थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डमा शनिबार सम्पन्न फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि उपाधि विमुख बनेको नेपाल दोस्रो स्थानमा रह्यो ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियालाई ९२ रनले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको तथा दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई छ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।

अन्तर्रा्ष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजीक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पूरा हुन सकेन । यसअघि सन् २००७ मा पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन