back

नयाँ शक्ति एसिया प्यासिफिकको अध्यक्षमा नेगी चयन

वि.सं.२०७५ माघ ६ आइतवार

471 

shares
GLOBAL IME AD
NTC AD


६ माघ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाँ शक्ति पार्टी नेपालको प्रवास प्रदेश अन्तर्गत रहेको एसिया प्यासिफिक जिल्ला समन्वय समितिको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट बीरेन्द्र नेगीको अध्यक्षतामा ५१ सदस्यीय समन्वय समिती चयन भएको एसिया प्यासिफिक जिल्ला निर्वाचन अधिकृत भक्त शेरचनले बताएका छन् ।

नयाँ शक्ति पार्टीको प्रवास प्रदेश अन्तर्गत ७ जिल्ला रहेका छन् । जसमध्ये एसिया प्यासिफिक पनि एउटा जिल्ला हो । यस जिल्ला अन्तर्गत कोरिया, जापान, मलेसिया, हङकङ, मकाउ, थाईल्यण्ड रहेका छन् । जिल्ला मातहतका देशहरुबाट झण्डै १४० सक्रिया सचिवालय सदस्यहरुको सक्रिया सहभागितामा ५१ सदस्यीय नयाँ समिती सर्वसम्मत चयन गर्न सफल भएको जिल्ला अधिवेशन आयोजक समिती संयोजक एवं सङ्घीय महाधिवेशन आयोजक समिती आमन्त्रित सदस्य मिलनकान्छा किरातीले बत्ताए । किराती एसिया प्यासिफिक जिल्ला पूर्व संयोजकसमेत हुन् ।

अधिवेशनमा नयाँ शक्ति पार्टीको हेडक्वार्टर सदस्य तथा सङ्गठन विभाग प्रमुख गङ्गा श्रेष्ठ, सङ्घीय निर्वाचन आयोग प्रमुख कृष्ण शर्मा, प्रवास प्रदेश ईन्चाज देवेन्द्र पराजुली, प्रवास प्रदेश संयोजक धन गुरुङलगायत पार्टीका प्रादेशिक विभिन्न जिम्मेवारी सम्हाल्नुभएका नेताहरुको उपस्थिति रहेको थियो । पछिल्लो चरण नयाँ शक्ति पार्टीले देश तथा विदेशमा सङ्गठन तीव्र गतिमा निर्माण गर्दै अघि बढेको छ । यहि माघ १५ गतेदेखि फाल्गुन १५ गतेसम्म नेपालको चिवा भन्ज्याङ ( पाँचथर )देखि –झुलाघाट (वैतडी) सम्म असल राजनिती र समावेशी विकासका लागि जनसंवाद नाराका साथ मध्य पहाडी लोकमार्ग यात्रा तया गर्ने भएको छ ।

पाँच (स) को प्रतिवद्धतासहित (अबको निकास, समावेशी विकास) समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने उद्घोषका साथ शक्तिशाली तेस्रो राजनितिक ध्रुव निर्माण गर्न नयाँ शक्ति आक्रामक रुपमा अभियानमा जुटेको देखिन्छ ।
नयाँ समितीको नामावली यसप्रकार रहेको छः
अध्यक्षः वीरेन्द्र नेगी, मलेशिया
उपाध्यक्षः मेघनाथ खराल,जापान
उपाध्यक्षः मनोज गौतम, हङकङ
उपाध्यक्षः चिरन्जिवी सैँजु, थाइल्याण्ड
सचिवः श्याम ईङनाम, हङकङ
सहसचिवः कल बहादुर तामाङ, मकाउ
सहसचिव : भिष्मभिर छन्त्याल, कोरिया
सहसचिवः धन बहादुर बिक, जापान
कोषाध्यक्षः होमेश्वर ठाकुर, मलेशिया
सदस्य जापानः
सुनिल देवकोटा
भानु देवकोटा
मोती गुरुङ
अमित रायमाझी
लक्ष्मी दुलाल
डम्मर बोहोरा
गगन जंग
ध्रुव सुबेदी
प्रकाश श्रेष्ठ
गणेश लामिछाने
शंकर पोखरेल
युवराज खत्री
नरी कंडेल
सदस्य कोरियाः
जीवन सशाङ्कर
हेमनाथ खरेल
रमेश बजगाईं
बुद्धि गुरुङ
राजेश चौधरी
सदस्य मलेशियाः
नर पुन
ईश्वरदेव मुखिया
लक्ष्मण थापा
बिमल राना
सदस्य थाइल्याण्डः
मन्जु बानियाँ
सदस्य मकाउः
बाबुकाजी श्रेष्ठ
प्रजुन अधिकारी
डमर चौधरी
ईश्वर श्रेष्ठ
कृष्ण सुनार
सुजन कुमाल
अशोक कुमार गुरुङ
सुरेश सिंह सुनार
विकास वन
सदस्य हङकङ ः
मनहाङ लिम्बु
बिनोद लामा
विश्व घिसिङ
शम्सेर तुम्बाहाङफे
नन्द चान्सु
लोकेन्द्र परियार
नेत्र तिमिल्सिना

वि.सं.२०७५ माघ ६ आइतवार १८:१९ मा प्रकाशित

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

विद्यालय नखुल्दा कुलतमा फस्न थाले विद्यार्थी

इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन...

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सगरमाथा क्षेत्रमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ...

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले...

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित परिवारलाई मुआब्जा वितरण

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट प्रभावित...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...