back

अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टर गठन (तस्बिर सहित)

वि.सं.२०७५ माघ ६ आइतवार

471 

shares
GLOBAL IME AD
NTC AD

नेपाली भाषा, कला, संस्कृति र साहित्यको उत्थान, सम्बद्र्वन, र प्रतिभाहरुको सम्मान र पहिचान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रममा मध्यपूर्वमा अवस्थित विविधताले भरिएको देश साउदी अरबमा पनि आफ्नो च्याप्टर गठन गरेको छ ।

१९ जनवरी २०१९ का दिन नेपाली राजदूतावसको प्राङगणमा नियोग उप प्रमुख आनन्द प्रसाद शर्माको प्रमुख आतिथ्यमा विभिन्न संघ संस्थाहरुको प्रतिनिधि र साहित्य प्रेमिहरुको भेलाले नमराज लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको हो ।

कार्यसमितिको अध्यक्षमा नमराज लामिछाने, उपाध्यक्षमा बिमल गौतम, र अन्जान पोख्रेल, महासचिवमा अरुण बेल्बासे ‘रोज’, सचिवमा सन्तोष लुईटेल ‘समीप’, कोषाध्यक्षमा जितु खड्का ‘गाँउले’, सदस्यहरुमा नागेश तामाङ, हेम सुवेदी र सुवास तिमल्सिना रहेका छन् भने प्रमुख सल्लाहकारमा आनन्द प्रसाद शर्मा रहेका छन् ।

सो अबसरमा बोल्दै प्रमुख अतिथि आनन्द प्रसाद शर्माले नेपाली भाषा सहित्य विश्वमा चिनाउन विदेशमा बस्ने नेपालीहरुको ठूलो हात रहेको बताउदै प्रबासमा रहेको नेपालीहरुले आफ्नो सृजनाबाट पनि आफ्नो पहिचान बनाउन सक्ने र सहित्यमा कलम चलाउनु पर्ने सुझाउदै फुर्सदको बेला सबैले साहित्य सृजनाहरु कोर्ने र एक अर्कावीच भावनाहरु साटासाट गर्दा साहित्यको रुपमा भावना बुझ्न र साट्न सकिने बताएका थिए ।

यसै अबसरमा पारिवारिक समाज नेपालका अध्यक्ष अमृत पौडेल, नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपसभापति अर्जुन थापा, काभ्रे सेवा समाजका अध्यक्ष जेन कुमार लामा, समाजसेवि एंवम नेपाली जनसम्पर्क समितिका कोषाध्यक्ष द्वारिका राज गिरी, सृजना सास्कृतिक समुहका अध्यक्ष विज्ञान राई, मिथिला संकृति समाजका अध्यक्ष जितेन्द्र साह, श्रमिक सेवा समाजका अध्यक्ष रुपक वेबा तामाङ्, नेपाली कार्गो फेन्सिका प्रोप्राईटर परशुराम मिश्र, काभ्रे सेवा समाज तथा नेपाली जनसम्पर्क समिति साउदीका महामन्त्री सुरेश राज त्रिपाठी, समाजसेवि रुद्र कुमार कार्की, श्रमिक परिवार नेपालका पुर्व अध्यक्ष गंगा गोदार, समाजसेवि एंव म्ह्ल्का गोपाल पंगेनी लगायत उपस्थित सबैले शुभकामना तथा खुशी व्यक्त गर्दै साहित्य कहिलै बुढो नहुने र यस्को कुनै रंग, जात, धर्म, राजनीति, क्षेत्र वर्ग केही नहुने हुँदा सबै जना साहित्यमा अटाउन सकिने बताएका थिए । साथै सबैले आउने दिनहरुमा नेपाली भाषा, साहित्यको जगेर्ना गर्नको निमित्त सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्वता समेत जाएर गरेका थिए ।


कार्यक्रममा आनन्द प्रसाद शर्मा, नमराज लामिछाने, बिमल गौतम, अरुण बेल्बासे ‘रोज’, जितु खड्का ‘गाउँले र जितेन्द्र शाहले कविता, गजलहरु बाचन गरेका थिए भने अमृत कुमार पौडेल र गोपाल पंगेनिले हास्यव्याङ अभिनय गरेका थिए ।
कार्यक्रमको प्रत्यक्ष लाईभ पिटि अनलाइनका पत्रकार सुन्जित तामाङले गरेका थिए । अन्तमा बिज्ञान राइको सुमधुर गित सगै कार्यक्रम समाप्त गरिएको थियो ।

यसै अबसरमा अनेसास साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछाने नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणको लागि आगामी दिनमा विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गर्दै जाने र साउदीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठनले यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको बिकासमा अरु थप योगदान पुग्ने बिश्वास लिईएको बताए । दुई चरणमा गरिएको कार्यक्रमको संचालन अनेसास साउदी च्याप्टरका महासचिव अरुण बेल्बासे ‘रोज’ ले गरेका थिए ।

रियादबाट नमराज लामिछानेका साथ तेज थापा

वि.सं.२०७५ माघ ६ आइतवार १८:२१ मा प्रकाशित

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...