
बेल्जियम । विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्रान्ति चाँड कार्यक्रम भव्य र सभ्य रूपमा बेल्जियमको क्यासेल्लो सहरमा सम्पन्न भएको छ ।
लुभेन नगरपालिकाको डोन बोस्को हलमा बेनेलक्सका राजदुत लोक बहादुर थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा माघे सकरातीको शुभकामना दिदै राजदूत थापाले विविधता बिचको एकता करिव १२५ जातिहरू १०३ भाषिक रूपहरू बिचको एकता सदियौ देखि बचाउदै आएको बताए । नेपालका विविध जातिमध्ये मगर जातिको आफ्नै पहिचान र संस्कृति रहेको उनले बताए ।
राजदूत थापाले बिभिन्न जाति जनजाति, भाषा–संस्कृतिलाई विदेशमा पनि समृद्द बनाउने प्रयत्न गरेकोमा हौसला प्रदान गर्दै जहिले पनि दूताबासको सहयोग र सद्भाब रहने बताउदै आदिबासी जनजातिहरूको विभिन्न चाँडपर्वमा उपस्थित हुन पाउँदा गौरव लागेको समेत बताए ।
संघका अध्यक्ष लोक राना मगरले माघे संक्रान्ती कार्यक्रम विशेष महत्वकासाथ बेल्जियममा हरेक वर्ष मनाउने गरिएको बताए । साथै रानाले बिश्व मगर संघ बेल्जियम आदिबासीहरूको भाषा संस्कृति, संस्कार र पहिचानको निम्ति सदा पक्षधर रहेको समेत उल्लेख गरे ।
सबै सहभागी पाहुनाहरूलाई खादा लगाई सम्मानपूर्बक स्वागत गरेर नयाँ परम्परा प्रारम्भ गरिएको उक्त कार्यक्रममा अतिथिहरूलाई मगर संस्कृति झल्किने गरी शिरमा सेतो फेटा बाँधी सम्मान गरिएको थियो ।
नेपालबाट आएका कलाकारद्वय गायक बिलन थापा र गायिका जुना श्रीस मगरले सालैजो र लाईभ दोहोरी प्रस्तुत गर्दे भरपुर मनोरन्जन प्रदान गरेका थिए भने पोर्चुगलबाट आएका कलाकारहरू सुबास पुन, ईमान बुढा, दुर्गा थापा र धिरज पुनको प्रस्तुति समेत कम रहेन । सहभागीहरू कार्यक्रमको अन्त सम्म पनि नृत्यका रमाइलो गरिरहेका थिए ।
कार्यक्रममा बुर्गे, आन्तरपेन, ब्रसेल्स, लुभेन र मेखेलेन सहरबाट मगर दाजुभाइ तथा दिदी बहिनीहरूको बाक्लो उपस्थिती देखियो भने गैर मगर समुदायबाट पनि धेरै संख्यामा उपस्थिति देखियो ।
कार्यक्रममा मगर दाजुभाइ दिदी बहिनीहरूले अतिथीहरूलाई आफ्नै संस्कार अनुसार सगुनले सत्कार गर्रेका थिए ।
मेरिना मगर, कृतिका मगर, सुशिला रोका, सबृना राई, निङ्मा घर्ती मगर अनिस धिताल, सारा धिताल, अर्बिना राम्जाली अनिश मगर, दिपिका कार्की, शान्ति मगर, रेजिन गौचन लगायत स्थानीय कलाकार भाइ–बहिनीहरुको गायन र नृत्यले कार्यक्रमको रौनकता थपेको थियो ।
अतिथी कलाकारहरूले बिहान भालेको डाकसम्म दोहोरीमा नाच्न बाध्य पारेका थिए ।
कार्यक्रममा एनआरएन केन्द्रीय सचिब जानकी गुरूङ, एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल, आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष बाबुराजा लामा लगायत चार दर्जन बढ़ी संघसस्था अध्यक्ष तथा प्रतिनिधी सहभागी थिए ।
सोहि अवसरमा सांस्कृतिक कार्यक्रमको सञ्चालन सुशिला मगर तथा औपचारिक कार्यक्रम संघका महासचिब बल बहादुर पुनले गरेका थिए ।