back

सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको मुख्यमन्त्रीको टिप्पणी

वि.सं.२०७५ माघ ६ आइतवार

471 

shares
GLOBAL IME AD
NTC AD

माघ, इलाम  । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गरेका छन् ।

आज इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताए । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ”, राईले भने “हामी नयाँ ढाँचामा काम गरेकाले केही समस्या आएको हो ।”

उनले सङ्घीयता विफल हुन कुनै पनि हालतमा नदिने विचार व्यक्त गरेका छन् । सङ्घीयताका कारण मात्रै समृद्धि घोषणा गर्न सकिने भएकाले यस्तो नयाँ संरचना अपनाइएकोसमेत जानकारी दिए ।

फरक प्रसङ्गमा मुख्यमन्त्री राईले प्रदेश नं १ लाई आत्मनिर्भर बनाउने अभियानमा रहेको बर्ताएका छन् । उनले प्रदेशका पूर्वाधारलाई परिचालित गरेर प्रदेशमा सबै क्षेत्रमा आत्मनिर्भर बनाउने अभियान लागेको बताए। उनले प्रदेशले बजेटमात्र छुट्याएर नभई प्रविधितर्फउन्मुख भएर प्रदेशलाई नमूना बनाउने अभियानमा लागेको जानकारी दिए ।

वि.सं.२०७५ माघ ६ आइतवार १८:३६ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...