back

१६ जिल्लमा निःशुल्क डायलाइसिसको विस्तार गरिने

वि.सं.२०७५ माघ ६ आइतवार

495 

shares
GLOBAL IME AD
NTC AD


६ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ ।

डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो । हाल मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका लागि रु चार लाख, प्रत्यारोपण पश्चात औषधि सेवानका लागि रु एक लाख प्रदान गर्ने गर्दछ ।

सातवटै प्रदेशमा गरी हाल चार हजार ५०० बिरामीले मिर्गौला उपचार सेवा लिइराखेको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सो जानकारी दिँदै मिर्गौला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताए । उनले मिर्गौला रोगका बारेमा जनचेतना जगाउन मन्त्रालयले ध्यान दिएको छ भने ।

बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताए । समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गौला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायलाई सूचना तथा जानकारी हुने कार्यक्रम मन्त्रालयले सञ्चालन गर्नुपर्नेमा जोड दिए।

अर्का सदस्य उमेश श्रेष्ठले मिर्गौलाका रोगी बढ्ने तर रोग रोकथामका लागि बजेट घट्ने प्रवृत्तिलाई अन्त्य गर्न सुझाव दिए । समितिका सदस्य दिलबहादुर महतले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउन ध्यान दिन माग गरे ।

वि.सं.२०७५ माघ ६ आइतवार १८:४५ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...