७ माघ मुस्ताङ । हिमालपारी मुस्ताङमा प्रदेश सरकारद्धारा सुरु गरिएका कार्यालयको सेवा कर्मचार िअभावमा शुन्य छ । कर्मचारी समायोजन प्रक्रिया तथा कर्मचारी नखटाइँदा यी कार्यालय अर्थहीन बनेका हुन् ।
यहाँ प्रदेशले सुरु गरेका चारवटा कार्यालयले कहिलेदेखी गति लिन्छन् भन्ने टुंगो छैन । खोलिएका कार्यालय खुला त छन् तर कर्मचारी खटिएका छैनन् । केवल कार्यालयको साइनबोर्ड मात्र झुन्ड्याइएको छ ।
गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा मुस्ताङमा विभिन्न सब डिभिजन तथा सम्पर्क इकाइ कार्यालय खडा गरेको हो । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ ७ सोमवार ०८:०१ मा प्रकाशित