back

सडक दुर्घटना बढ्दै

वि.सं.२०७५ माघ ७ सोमवार

486 

shares
GLOBAL IME AD
NTC AD

७ माघ, रोल्पा ।  रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको यात्रुवाहक जीप दुर्घटना हुँदा जीपमा सवार दुईको ज्यान गयो ।
२० यात्रु लिएर सवार लु १ ज ३३३२ नम्बरको उक्त जीप सडकबाट करीब १०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका थिए ।
केही दिन अघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको आशिरवाद प्रालिको ग १ ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा समेत दुईले ज्यान गुमाए भने २६ घाइते भए । छोटो अवधिमा भएका यी दुईवटा दुर्घटनाले जिल्लावासीलाई चिन्तित बनायो ।
सवारी दुर्घटनामा परी पुस महीनामा मात्रै सातले ज्यान गुमाए भने २६ घाइते भए ।
रोल्पामा पछिल्ला दिनमा सवारी दुर्घटनामा परी घाइते हुने तथा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १२ ले ज्यान गुमाइसकेका छन् । यो अवधिमा एक दर्जन बढी गम्भीर घाइते भए भने चार दर्जन बढी सामान्य घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको सङ्ख्या बढी रहेको छ । आव ०७३÷०७४ मा रोल्पामा भएको सवारी दुर्घटनामा परी पाँचले ज्यान गुमाएका थिए । उक्त वर्ष सामान्य र गम्भीर घाइतेको सङ्ख्या २७ थियो ।

आव ०७४-०७५ मा सवारी दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेको सङ्ख्या ह्वात्तै बढेको ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा देखिन्छ । सो वर्ष १८ को मृत्यु भयो भने २८ घाइते भए । चालू आवको छ महीनामा भएको सडक दुर्घटनाबाट प्रभावित हुनेको सङ्ख्यामा आएको वृद्धिले जिल्लाको यातायात व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ ।

दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अम्मर थापाले बताए । समितिको अनुमति बिना नै यात्रुले जबर्जस्ती सवारी सञ्चालन गर्न दबाब दिने गरेका कारण पनि दुर्घटना बढेको छ कार्यालय प्रमुख थापाले भने ।
सडक मापदण्ड विपरीत हचुवाको भरमा निर्माण गरिनु र ती सडकमा १८ वर्ष नपुगेका किशोरले गाडी चलाउँदा दुर्घटना बढिरहेको जिल्लावासीको गुनासो रहेको छ । ग्रामीण सडक रहेका स्थानमा ट्राफिक प्रहरीको पहुँच नहुँदासमेत दुर्घटना बढेको बताइन्छ ।

रोल्पामा बनेका सडकमध्ये करीब ४८ किलोमिटर मात्र पक्की छ । पक्की सडकबाहेक अन्य सबै सडक बाह्रै महीना सञ्चालन गर्न सकिँदैन । जिल्लामा रहेका राष्ट्रिय र रणनीतिक सडक मात्र बाह्रै महीना चल्ने गर्दछन् । गाउँ गाउँसम्म पुग्ने सबैजसो सडक तोकिएको मापदण्ड नभएका कारण सवारी दुर्घटना बढिरहेको बताइएको छ ।

वि.सं.२०७५ माघ ७ सोमवार ०९:२३ मा प्रकाशित

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ...

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार...

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र...

झेँदी पुल निर्माण सम्पन्न

झेँदी पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने...