back

चिनियाँ टेलिभिजन विक्री दरमा कमी

वि.सं.२०७५ माघ ७ सोमवार

432 

shares
GLOBAL IME AD
NTC AD

७ माघ, बेइजिङ, चीन । प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकूल देखिएको गैरसरकारी अध्ययनले जनाएको छ ।

तथ्याङ्क सेवा प्रदायक संस्था (एभीसी) का अनुसार चीनमा टेलिभिजन सेटको विक्रीमा सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.६ प्रतिशतले गिरावट आएको छ । उक्त संस्थाले टेलिभिजन विक्रीबाट भएको औसत आम्दानीमा पनि नौ प्रतिशतको गिरावट आएको जनाएको छ ।

सन् २०१८ मा चीनले जम्मा १६ करोड टेलिभिजन उत्पादन गरेको थियो भने उत्पादित टेलिभिजनमध्ये ७० प्रतिशत टेलिभिजन विदेश निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

चिनियाँ भिडियो उद्योग सङ्गठनका उप–महासचिव पेङ जियानफेङले भन्नुभयो, “घरेलु प्रयोजनका लागि गत वर्ष चिनियाँहरूले ४७ करोड ७४ लाख टेलिभिजन खुद्रारूपमा किनेका थिए । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि हो ।”

यसैबीच सन् २०१८ मा निर्यात भएका टेलिभिजनको सङ्ख्या ९७ करोड ३२ लाख रहेको र यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतको वृद्धि हो ।

चीनले अर्थतन्त्रमा योगदान गर्नका लागि चीनले कार तथा घरायसी सामानहरूको विक्रीलाई प्रोत्साहन गरेको र यि सामानको उपयोगमा वृद्धि गरेको थियो ।

वि.सं.२०७५ माघ ७ सोमवार १०:०० मा प्रकाशित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

रियाद । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना...

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन...

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पुँच (भारत) । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई...

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार...