Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

फ्रान्सद्वारा रेनल्ट र निशानलाई एक बनाउन जापानसँग प्रस्ताव



७ माघ, पेरिस, फ्रान्स । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको जापानी सञ्चारमाध्यमले आइतबार बताएका छन् । निशानका अध्यक्ष कार्लोस गोउनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेपछि फ्रान्सले उक्त प्रस्ताव ल्याएको सञ्चारमाध्यममा समाचार आएका हुन् ।

तर फ्रान्सका वित्तमन्त्रीले भने वर्तमान संरचनालाई परिवर्तन गर्ने औपचारिक प्रस्ताव भइनसकेको बताएका छन् ।

जापानी निशान, मिटसुबिसी र फ्रान्सको रेनल्टबीच शक्तिशाली गठबन्धन गराएर नेतृत्व सम्हालेका गोउनलाई गत वर्षको नोभेम्बरमा आर्थिक अनियमितता गरेको आरोपमा पक्राउपछि नेतृत्वबारे विवाद देखिएको छ ।

रेनल्टका निर्देशकसमेत रहेका मार्टिन भियालको नेतृत्व रहेको प्रतिनिधिमण्डलले जापानी अधिकारीलाई टोकियोमा दुई कम्पनीलाई विलय गराउने प्रस्ताव गरेको जापानी समाचार संस्था, क्योदो न्यूज एजेन्सीले यस मामिलामा जानकार स्रोतलाई उद्धृत गरी समाचार लेखेको छ ।

रेनल्टमा फ्रान्स सरकारको सबैभन्दा बढी अर्थात् १५ प्रतिशतभन्दा बढी शेयर रहेको छ भने जापानी निशान कम्पनीमा रेनल्टको ४३.४ प्रतिशत शेयर रहेको छ ।

“दुवैलाई मिलाउने प्रस्ताव फ्रान्सका राष्ट्रपतिको इच्छानुसार आएको हो,” क्योदोले लेखेको छ ।

जापानको आर्थिक दैनिक निक्केइले पनि फ्रान्सको प्रतिनिधिमण्डलले दुई कम्पनीलाई एक (विलय) गराउने प्रस्ताव गरेको तर निशानले उक्त प्रस्तावमाथि विरोध जनाएको लेखेको छ ।

यसबारे जान्न एएफपीका सञ्चारकर्मीले वित्त मन्त्रालयका प्रवक्तालाई सम्पर्क गर्दा जापानी सञ्चारमाध्यममा आएका प्रतिक्रियाबारे कुनै उत्तर दिन चाहेनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।