back

मुख्यमन्त्री सामु चिया किसान र उद्यमीको गुनासो

वि.सं.२०७५ माघ ७ सोमवार

480 

shares
GLOBAL IME AD
NTC AD

७ माघ, पशुपतिनगर । नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् ।

सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद्योगी, किसान र सहकारी सञ्चालकले गुणस्तरीय चिया उत्पादनमा देखापरेका समस्या र समाधानबारे जानकारी गराएका हुन् ।
भारतीय बजारमा नेपाली चियाले मूल्य नपाएको र युरोपमा चिया निर्यात गर्न जैविक हो भन्ने प्रमाणिकरण नगरिएका कारण समस्या भएको चिया उद्यमी उदय चापागाईंले बताए । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च भए पनि जैविक चिया उत्पादन नभएका कारण समस्या भएको उनको भनाइ थियो ।

चियामा विषादीको प्रयोग अन्त्य गर्न र जैविक चिया उत्पादनका लागि किसानलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने उनको माग थियो । चियाखेती शुरुआत भएको इलाममा उत्पादन हुने १० प्रतिशत चिया युरोपका बजार र ९० प्रतिशत भारतको कलकत्तामा बिक्री गरिँदै आएको छ । नेपालमा चियाखेती र उत्पादन भए पनि लोगो नहुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालमा चिया उत्पादन हुनेबारे तेस्रो मुलुकका व्यपारीलाई थाहा नै नभएकाले आधिकारिक लोगो लागू हुनुपर्ने व्यावसायीले माग गरेका थिए ।

सूर्योदय टि एशोसिएशनका अध्यक्ष पुनम राईले नेपाली चिया भारतीय बजारमा लगेर बिक्री गर्नपर्ने बाध्यता रहे पनि सहज निर्यातमा समस्या रहेको बताए । “तेस्रो मुलुकमा नेपाली चिया निर्यात गर्न जैविकताको प्रमाणीकरण नहुँदा भारतीय बजारको भर पर्नुपर्ने बाध्यता छ ”, अध्यक्ष राई भने, “चिया निर्यातका लागि काँकरभिट्टाको नाकामा भारतीय भन्सारबाट अनेक झन्झट बिहेर्नुपरेको छ ।”

चार दिनमा कलकत्ताको बजारमा पुग्नेमा अहिले १५ दिनसम्म लाग्ने गरेकाले नेपाली चियाले राम्रो बजार पाउन नसकेको उनले बताए । उद्योग स्थापना हुने क्रम बढेपनि कच्चा पदार्थ उत्पादन कम भएकाले चियाको नयाँ बगान विस्तारका लागि सरकारले किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने उक्त एशोसिएशनका सचिव गोपाल कट्टेलले बताए ।

विसं २०७० पछि चियाखेती विस्तारभन्दा पनि उद्योग खुल्ने क्रम बढेको र सरकार तथा गैरसरकारी संस्थाले उद्योग स्थापना र उपकरणमा मात्रै अनुदान दिएकाले अब किसानलाई जैविक उत्पादन तथा विस्तारका लागि पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालको सिटिसि चियाको आन्तरिक खपत ८० प्रतिशत भए पनि अर्थोडक्स चियाको खपत ११ प्रतिशत मात्रै भएकाले आन्तरिक बजार विस्तार र प्रचारमा सरकारले सहयोग गर्नुपर्ने चिया उद्योगी सोनाम लामाले बताए । नेपाली चिया देशभित्रै खपत कम हुँदा ९० प्रतिशत भारतको कलकत्ताको बजारमा भर पर्नुपर्ने बाध्यता भएकाले अर्थोडक्स चियाको आन्तरिक बजार विस्तारका लागि प्रदेश सरकारले प्रचारप्रसार र बजार खोज्न पहल गर्नुपर्ने लामाको भनाइ थियो ।

अर्थोडक्स चिया युरोपका बजारमा बिक्री गर्दै आउनुभएका उद्यमी उदय चापागाईंले चियाको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि जैविक हो भन्ने प्रमाणित नगरिँदा समस्या भएको बताए । प्रमाणिकरण भएको चिया जति पनि युरोपमा बिक्री हुन्छ र माग पनि बढी छ तर नेपाली चिया सबै जैविक हो भन्ने प्रमाणिकरण नभएकाले विषादीको अझै प्रयोग गर्ने चलन छ, चापागाईंले भने, “चिया क्षेत्रमा उद्योग र उपकरणमा लगानी बढ्दै गए पनि किसानका लागि कुनै कार्यक्रम नभएकाले चियालाई जैविक बनाउन प्रदेश सरकारले कार्याक्रम ल्याउनुपर्छ ।”

चिया उद्यमी तथा इलाम क्षेत्र नं१ का प्रदेश सांसद काजिमान कागतेले चियाको गुणस्तर सुधार र नयाँ बगान विस्तारमा सहयोग गर्न माग गरे ।

“चियाको टिपाइदेखि, प्रशोधनसम्मको गुणस्तर सुधार गरिएकाले राम्रो मूल्यमा चिया बिक्दै आएको छ,” उनले भने, “उद्योग खोल्ने अभियानले गर्दा अहिले उद्योगको क्षमताभन्दा कम कच्चापदार्थ उत्पादन भएकाले नयाँ बगान विस्तारका लागि सरकारले प्रतिरोपनि तथा प्रतिहेक्टरका आधारमा सहुलियतदरमा ऋण प्रदान गर्नुपर्छ ।”

मुख्यमन्त्री राईले नेपाली चियाको इतिहास डेढसय वर्ष नाघे पनि लोगो बन्न नसकेको दुःख व्यक्त गर्दै चियाको समस्या समाधान गर्न तीनै तहका सरकारले पहल गर्नुपर्ने बताए ।

किसानका समस्या समाधान नगरे देशको समृद्धिको कुरा गर्नु व्यर्थ हुने भएकाले चाँडोभन्दा चाँडो चिया अनुसन्धान केन्द्र स्थापना गरी त्यस केन्द्रबाट सबै काम गर्नुपर्नेमा उनले जोड दिए ।

चियाको प्रवद्र्धनका लागि छुट्टै चिया विकास बोर्ड स्थापना गर्न प्रदेश सरकारले छलफल अघि बढाएको र कृषिमा औद्योगिकरण गर्न चाँडै वृहत योजना कार्यान्वयमा ल्याइने पनि मुख्यमन्त्री राईले जानकारी दिए ।

वि.सं.२०७५ माघ ७ सोमवार १४:१९ मा प्रकाशित

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्ष २०८२/०८३...

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

मलेसियाबाट फर्केर तरकारी उत्पादनमा मुस्कान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केपछि व्यावसायिक...

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पालिकाद्वारा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

पालिकाद्वारा हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता

गलकोट (बागलुङ) । यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता...

बर्सिम घाँसको बीउबाट लाखौं आम्दानी गर्दै चौधरी

बर्सिम घाँसको बीउबाट लाखौं आम्दानी गर्दै चौधरी

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा...