back

आमा समूहको सक्रियतामा घरबास

वि.सं.२०७५ माघ ७ सोमवार

471 

shares
GLOBAL IME AD
NTC AD

 

७ माघ, लमजुङ –  बेंँसीशहर नगरपालिका–६ पुमा गाउँका महिलाले घरबास ९होस्टेल सञ्चालन गरेका छन् । कन्यादेवी आमा समूहमा आवद्ध महिलाले घरबास शुरुआत गरेका हुन ।

गाउँका पाँच घरमा पूर्वाधार तयार गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक समेत रहनुभएकी आमा समूहका अध्यक्ष सुकमाया गुरुङले बतएकी थिइन् । सञ्चालक प्रत्येकले आमा समूहबाट घरबासका लागि रु ४० हजार ऋण लिएका छन् । “पूर्वाधार निर्माणमा रु दुई लाख खर्च भएको छ,” उनले भने, “अन्य रकम होमस्टे सञ्चालकले आफै जुटाएका हुन् ।”

केही घरमा नयाँ तथा केहीमा पुराना कोठालाई व्यवस्थित गरिएको छ । प्रत्येक घरमा ६÷६ जनालाई राख्न सकिने कोठा तयार गरिएको छ । “एकै पटक ३० जनासम्म पाहुना राख्न मिल्ने गरी संरचना निर्माण गरिएको छ,” गुरुङले भने । पाहुना बढी भए गाउँका अन्य घरमा राख्ने व्यवस्था मिलाइएको छ ।

कोदोबाट बनाइएको ढिँडो, रोटी, लोकल कुखुराको मासु, मकै, फर्सी, बन्दागोभी, काउली, ब्रोकाउली, आलुलगायत अग्र्यानीक परिकार पाहुनालाई खुवाइने घरबास सञ्चालक बताउँछन् । एक रातको प्याकेज एक जना बराबर रु ५५० तोकिएको छ । स्थानीयवासी दुर्गाबहादुर गुरुङका अनुसार गाउँमा आउने पाहुनालाई घाँटु, कृष्णचरित्र, झ्याउरेलगायत नाच देखाइन्छ ।

पुमा गाउँमा ४८ परिवारको बसोबास छ । स्थानीयवासीले आयआर्जन बढाउन र पर्यटन प्रवद्र्धन गर्न सामूहिक चियाखेती तथा कफीखेती थालेका छन् । प्रायः सबैले तरकारीखेती गर्दै आएका छन् । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल घलेगाउँ जाने बाटोमा रहेको पुमा गाउँमा विकासका सम्भावना धेरै रहेको बताएका छन् । बेँसीशहरबाट बिम्दाबेँसी हुँदै ११ किलोमिटरको दूरीमा पर्ने पुमा गाउँ एक घण्टामा पुगिन्छ । चण्डीस्थान हुँदै समेत आठ किलोमिटरको दुरीमा रहेको पुमा गाउँ पुग्न सकिन्छ । चालू आर्थिक वर्षमा सो क्षेत्रको सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

वि.सं.२०७५ माघ ७ सोमवार १४:५२ मा प्रकाशित

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...