
८ माघ, काठमाडौं । काठमाडौंको केन्द्रमा पाँच हजार रोपनी जग्गा व्यक्तिको नाममा हुन्थ्यो भने यसले कति कमाउथ्यो होला ? त्यति नै जग्गाको धनी भएर पाि पशुपतिनाथलाई जात्रापर्व चलाउन समेत हम्मे हम्मे पर्दै आएको छ ।
पशुपति क्षेत्र विकास कोष अन्तर्गत सञ्चालित मन्दिरको जग्गा जमिन अथाह भए पनि यसको सदुपयोग हुन सकेको छैन । काठमाडौं उपत्यकाभित्र तीन जिल्ला, आसपासको काभ्रे, नुवाकोट, लम्जुङका साथै तराईमा सयौं विघा जमिन भए पनि कोषले बार्षिक करिब ६० लाख रुपैयाँ मात्र कुत बापत बुझ्दै आएको छ ।
कोषको राजधानी र आसपासको चार हजार ६ सय ७३ रोपनी जग्गाको मुल्य हिसाब गर्ने हो भने अर्बौको सम्पत्ति हुन्छ र यसबाट निजीले झै भाडा उठाउने हो भने पनि करोडौं हुन्छ । तर राज्यले समयानुकुल ऐनकानुन नबनाउदा मोही लगायतले बार्षिक ५६ लाख ३१ हजार दुई सय २३ रुपैयाँमा चित्त बुझाउन कोष बाध्य छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट
वि.सं.२०७५ माघ ८ मंगलवार ०७:४० मा प्रकाशित