
८ माघ, काठमाडौं । सुन तस्करी सम्बन्धी मुद्दा पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश कूलरत्न भुर्तेललाई समेत कारबाही स्वरुप काठमाडौं तानेको छ । परिषद् बैठकले सोमबार भुर्तेललाई न्यायपरिषद् सचिवालयमा ‘काज’ सरुवा गरेको हो ।
साढे ३३ किलो सुन तस्करी र सनम साक्य हत्याकाण्डका आरोपिबारे जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाई छ । ‘यस्ता निवेदनहरु उहाँले सुरुमा एकसाथ राख्नु भयो, पछि अलग अलग गरेर इजलास बाँडेको भेटियो,’ परिषद् श्रोतले भन्यो, ‘पेसी व्यवस्थापन लगायत कतिपय कार्यविधिका विषयवस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो ।’आजको कान्तिपुर दैनिकबाट ।
वि.सं.२०७५ माघ ८ मंगलवार ०८:२० मा प्रकाशित