Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

स्वाइन फ्लु संक्रमण बढ्यो



८ माघ, काठमाडौं । राजधानीमा दुई महिनामा डेढसय बढी व्यक्तिमा प्रयोगशालामा प्रमाणित स्वाइन फ्लु देखिएको छ । चिकित्शा भाषामा यसलाई ‘मौसमी इन्फ्लुएन्जा ए–एच१एन१’ भनिन्छ । चिकित्सकहरुले सरकारी तथ्यांक भन्दा बास्तविक स्थिति झन् जटिल रहेको दावी गरेका छन् ।
ओम अस्पतालको आइसीयूमा रहेकी एक ४७ वर्षीय महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीनदिन अघिससमेत ओमकै आइसीयूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो ।
राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रुपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्धि भएको छ ।
‘हामीकहाँ आइपुग्ने मध्ये करिब २५ प्रशित विरामी रुघाखोकी तथा छातिको संक्रमणका हुन्,’ ओम अस्पतालका निर्देशक डा. केपी देवकोटाले भने, ‘आज (सोमबार) स्वाइन फ्लुले मृत्यु भएकी महिलामा यसअघि कुनै जटिल स्वास्थ्य समस्या थिएन ।’ आजको कान्तिपुर दैनिकबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय