८ माघ, डोटी । दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिकवापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गरेका छन् ।
नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुबिधा उनले सो आश्रमलाई दिने घोषणा गरेका हुन् । सोमबार पत्रकार सम्मेलन गरेर उहाँले आफुले नगरपालिकाबाट पाउँदै आएको मासिक रु दुई हजार ५०० सो आश्रमलाई दिने घोषणा गरेका छन् ।
गत जेठ २ गते खोलिएको सो बृद्धआश्रममा हाल चार बृद्ध रहेका आश्रम सन्चालक समितिका उपाध्यक्ष गणेश बमले जानकारी दिए । आश्रममा पुर्विचौकी २ बगलेक का ७३ वर्षीय रघु साँउद दिपायल सिलगढी–६ का ६५ बर्षीय भरत श्रेष्ठ, शिखर नगरपालिकाका ८५ वर्षीय किरुवा भुल र सायल गाउँपालिक–२ का अपाङ्ग अमरबहादुर सिंहले आश्रय लिईरहेका छन् ।
वि.सं.२०७५ माघ ८ मंगलवार ०८:५३ मा प्रकाशित