back

युएई भ्रमणका लागि सन्दीप नेपाल आए

वि.सं.२०७५ माघ ८ मंगलवार

480 

shares
GLOBAL IME AD
NTC AD

८ माघ, काठमाडौँ । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् ।

अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् ।

बङ्गलादेशमा सिलेट सिक्सर्सबाट बीपिएलका छ खेल खेलेर सन्दीप सोमबार अपराह्न काठमाडौँ आइपुगेका हुन् । उनले सिलेटका लागि छ खेलबाट चार विकेट लिएका थिए ।

यहि माघ ११ गतेदेखि नेपालले गर्ने युएई भ्रमणको लागि सन्दीप आएका हुन् । युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान तीन एक दिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । नेपाली टोली मङ्गलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

एक दिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय हो । यसअघि नेपालले पहिलो अनर्राष्ट्रिय एक दिवसीय गत अगष्टमा नेदरल्याड्ससँग खेलेको थियो । उक्त सिरिज बराबरीमा सकिएको थियो ।

युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । उक्त प्रतियोगताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण छनोट भएनन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन्् । नेपाली टोली मङ्गलबार युएर्ई प्रस्थान गर्नेछ । नेपालले युएईसँग माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज तथा माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ ।

वि.सं.२०७५ माघ ८ मंगलवार ०९:११ मा प्रकाशित

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता...

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...