back

सडकमा काउली फालेर विरोध गरे किसानले

वि.सं.२०७५ माघ ८ मंगलवार

504 

shares
GLOBAL IME AD
NTC AD
८ माघ, बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानले इँटाभट्टा उद्योगबाट निस्केको धुवाँ धुलोले आफुले उत्पादन गरेको तरकारीमा क्षति पुगेको भन्दै सोमबार धुलिखेलस्थित अरनिको र बिपी राजगर्माको दोबाटोमा काउली फालेर विरोध गरेका छन् ।

किसानले स्थानीय सरकार र प्रशासनले आफूहरुले इँटाभट्टाको विषयमा पहिलादेखि नै उठाउँदै आएको मागको सुनुवाइ नगरेको भन्दै काउली सडकमा फालेर विरोध गरेका हुन् । “हामीले उत्पादन गरेको तरकारी बजारमा बिक्री गर्न पाइरहेका छैनौँ ।” किसान केशवप्रसाद ढकालले भने “बिक्री गर्न बजार पठाएको उत्पादित तरकारी बजारबाट फिर्ता आइरहेको छ ।”

कृषि पेशालाई सुनिश्चित गर्न स्थानीय सरकार र प्रशासनको ध्यान जाओस् भनेर विरोधमा उत्रन बाध्य भएका कृष्णकहरुले बताएका छन् । उत्पादित काउली काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा बिक्रीका लागि लगेकामा कालो भएको भन्दै फिर्ता आएपछि आन्दोलित हुनुपरेको किसानको भनाइ छ । आइतबार सो स्थानमा कोइला र माटो ढुवानी गरेका गाडीलाई रोक लगाएपछि इँटाभट्टा सञ्चालकले आफूहरुमाथि हातपात गरेको किसानले जनाएका छन् ।

आफूहरुमाथि हातपात गरेको भन्दै भट्टा सञ्चालकविरुद्ध किसानले आज जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । किसानले सुवर्णेश्वर इँटा उद्योगका सञ्चालक रामगोपाल श्रेष्ठ, हरिकुमार श्रेष्ठ, श्रवण न्यौपाने, सुशील श्रेष्ठ, राजाराम श्रेष्ठ र रुपक दनुवारलाई कारवाहीको माग गर्दै किटानी जोहरी दिएका हुन् ।

वातावरण प्रदूषण गरेका भट्टाको विरोध गर्दै माटो र कोइला बोकेका गाडीलाई रोक लगाएको भन्दै आफूमाथि कुटपिट गरेको स्थानीयवासी ढकनारायण पराजुलीले बताए । घरबाहिर निस्कने बेलामा समेत धुवाँ धुलोका कारण माक्स लगाएर निस्कनुपर्ने र श्वास फेर्नसमेत मुस्किल हुने गरेको उनले जानकारी दिए ।

पाँचखाल–७ का वडाध्यक्ष पुष्कर ढकालले इँटा व्यवसायीले स्थानीय किसानलाई कुटपिट गरेको भनेर शान्तिसुरक्षाका लागि माग गरेपछि आफूले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी पाँचखाल र इलाका प्रहरी कार्यालयलगायतका कार्यालयमा शान्तिसुरक्षाका लागि जानकारी गराएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितले दिएको जाहेरीका आधारमा दोषीलाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताए ।

वि.सं.२०७५ माघ ८ मंगलवार ०९:१७ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...