Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

लेबनानी सरकारको ५० करोड डलर बराबरको ऋणपत्र कतारले किनिदिने



८ माघ, दोहा, कतार । आर्थिक रूपमा समृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेबनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने भएको छ ।

कतारी अमिर (राजा) अरब मुलुकहरूको आर्थिक सम्मेलनका लागि लेबनानको राजधानी बेरूत पुगेको भोलिपल्ट कतारले लेबनानको उक्त रकम बराबरको ऋणपत्र किनेर सहयोग गर्ने कतारले जनाएको हो ।

“कतार सरकारले लेबनानी सरकारको ५० करोड बराबरको ऋणपत्र किनेर आर्थिक सङ्कटबाट गुज्रिरहेको अरब मुलुकलाई सहयोग गर्ने निर्णय गरेको छ,” कतार न्यूज एजेन्सीले विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल–थानीको विज्ञप्तिलाई उद्धृत गरेको छ ।

“कतारका अमिर शेख तामिम बिन हमाद अल–थानी र लेबनानी राष्ट्रपति मिसेल आउनबीच सोमबार भएको भेटवार्तापछि ‘लेबनानको अर्थतन्त्रलाई मजबुत’ पार्ने विश्वाससहित कतारले ऋणपत्र खरिद गर्ने निर्णय लिएको हो,” कतारी विदेशमन्त्रीले बताए ।

“कतारले सधैँ गणतन्त्र लेबनान र त्यहाँका जनताको स्थायित्व र समृद्धि चाहन्छ, र लेबनानको अर्थतन्त्र छिट्टै सुदृढ भई पूर्व अवस्थामा आउनेमा कतार पूर्ण विश्वास गर्दछ ।” लेबनानी सरकारले कठिन एवम् ठूलो आर्थिक सङ्कट व्यहोरेका समय कतारले यो निर्णय लिएको हो ।

लेबनानका अर्थमन्त्रीले यसै महिना राज्यको सार्वजनिक ऋणबारे दिएको अभिव्यक्तिले यहाँको बजारलाई त्रसित तुल्याएको थियो । उनकोे उक्त घोषणाले लेबनानलाई विश्वका खराब अर्थतन्त्र भएका मुलुकको सूचीमा रहेको पुष्टि गरेको छ ।

गत वर्षको अप्रिलमा पेरिसमा भएको लेबनानको सहयोग र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (सीईडीआरई) मा फ्रान्सले ११ अर्ब अमेरिकी डलर बराबरको सहयोग घोषणा गरिएको थियो । तर लेबनानमा करिब आठ महिना पहिले भएको निर्वाचनपछि पनि राजनीतिक विवादका कारण नयाँ सरकार स्थापना हुन नसक्दा सरकारविहीन अवस्था रहेको भन्दै राजनीतिक विवाद जारी रहेमा सहयोग रोकिने गत महिना चेतावनी दिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख