back

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

वि.सं.२०७५ माघ ८ मंगलवार

471 

shares
GLOBAL IME AD
NTC AD

८ माघ, चितवन – ( चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्रा्ष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ ।

मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स टे«ड फेयर एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको प्रदर्शनी यही माघ ११ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १५० भन्दा बढी कृषिसँग सम्बन्धित स्टलमा ४०० प्रकारका उत्पादन रहने छन् ।

आयोजक संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन् ।

सो अवसरमा मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले मेलामा कृषिका कुखुरापालन, माछापालन, गाईभैँसीपालन, बाख्रापालन, डेरीलगायत नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ र विषादीरहित कृषिका बारेमा तालीम एवं गोष्ठी सञ्चालन गरिने जानकारी दिएका छन् ।

प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धान कर्ता, विद्यार्थी, सङ्घ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहने विश्वास लिइएको भट्टराईले बताएका छन ।

प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि, नेपाल पोल्ट्री महासङ्घ, चितवन उद्योग सङ्घलगायत संस्थासँग आबद्ध कृषक तथा व्यवसायीसमेत सहभागी हुने जनाएको छ ।

प्रदर्शनीको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

वि.सं.२०७५ माघ ८ मंगलवार १२:४७ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...