back

मध्यपहाडी लोकमार्गमा वैकल्पिक सडक

वि.सं.२०७५ माघ ८ मंगलवार

627 

shares
GLOBAL IME AD
NTC AD

 

८ माघ, पर्वत – ( निर्माणाधीन मध्य पहाडी लोकमार्गअन्तर्गतको पर्वतखण्डको विस्तार कार्य तीव्र गतिमा भइरहेको छ ।

निर्माणका कारण पर्वतसहित धौलागिरिका सबै जिल्लाबाट गण्डकी प्रदेश राजधानीलगायत मुलुकका सबैजसो जिल्ला पुग्ने मुख्य राजमार्ग दैनिक छ घण्टा बन्द हुँदा हजारौँ यात्रुले दैनिक समस्या भोगिरहेका छन् ।

यात्रुले बिहान १० देखि बेलुका ४ बजेसम्म बसमै कुर्नुपर्ने यात १० बजेअगावै र ४ बजेपछि गन्तव्यमा पुग्नुपर्ने बाध्यताकै कारण टाढा–टाढा जानुपर्ने यात्रीलाई समस्या छ । सडक बन्द हुनुअगावै गन्तव्यमा पुग्नैपर्ने कारण गत बिहीबार तीव्र गतिमा गुडेको बस दुर्घटना हुँदा सात यात्रीले ज्यान गुमाएँ । प्रहरीका अनुसार सडकमा आवागमन बन्द हुनुअगावै पर्वतको बेतेनी कट्ने गरी तीव्र गतिमा गुडेको बस सडकबाट करीब ६० मिटर तल कालीगण्डकीमा खसेको थियो । घटनामा ३३ यात्रु घाइते भएका थिए ।

उक्त समस्याको समाधानका लागि मोदी गाउँपालिकाले घण्टौँ जाम हुने मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग निर्माण गरिसका छन्  । सो अन्र्तगत मोदी–२ देउपुरको पातीचौरदेखि राहाले–टापु–गौँडा हुँदै बेतेनीसम्मको करीब पाँच किलोमिटर सडकको वैकल्पिक ट्रयाक निर्माण गरेको हो । मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार लोकमार्गको डिमुवामा पहरो फोर्ने काम भइरहेकाले अहिले धेरै समय यात्रु बाटोमै अलपत्र परेका छन् ।

यात्रुलाई सहज यात्रा गर्ने गरी नयाँ ट्रयाक खोल्न गाउँपालिकालाई वडाले आग्रह गरेका छन्  । “हामीसँग मर्मतको केही पैसा थियो”, वडाध्यक्ष तिमिल्सिनाले भने, “धेरैतिरबाट वैकल्पिक सडकको माग भएपछि त्यसमै लगानी गयौँ ।” करीब साढे दुई किलोमिटर सडकको पुरानो ट्रयाक मर्मत र नयाँ ट्रयाकमा समेत गरी रु नौ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष रघुनाथ चापागाईंले बताएका थिए ।

वैकल्पिक सडक पातीचौरदेखि राहालेसम्म करीब साढे दुई किलोमिटर पुरानै सडक छ । यो सडक देउपुरकै मैदानसम्म कालोपत्रे हुँदैछ । राहालेबाट उत्तरतर्फ मोडिएर करीब साढे दुई किलोमिटरमा बेतेनी पुग्न सकिन्छ । यो सडक प्रयोग गर्दा यात्रुले मध्यपहाडी लोकमार्गमा हुने घण्टौँको जाममा अलपत्र पर्नु नपर्ने वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् । मोदीका स्थानीयवासीका अनुसार कुश्मातर्फबाट जाने सवारीसाधन यो बाटो हुँदै जाँदा लाग्ने समय र लोकमार्गमा लाग्नेभन्दा कम समयमै पुगिन्छ ।

पोखरातर्फबाट आउने सवारीलाई भने धौलागिरि गेटबाट सिमखेत–मख–लैंच–गौँडा हुँदै पातीचौर पुग्ने अर्को सडक छ । दुवै सडक उपयोग गर्दा कुनै समय सवारी रोक्नुपर्ने अवस्था नरहेको वडाध्यक्ष तिमिल्सिनाले दाबी र्गेका छन् । “करीब २० लाख बजेट हुने हो भने दुवै सडकमा बाहै्र महीना बस चल्न सक्ने बनाउन सकिन्छ”, उनले भन्नुभयो, “त्यसका लागि मध्यपहाडी आयोजना र प्रदेश सरकारले ध्यान दिनु पर्छ ।”

यसबारे पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र प्रदेश सरकारमा समेत जानकारी गराइएको उनले बताए ।

लोकमार्गको डिमुवादेखि बेतेनीसम्म वर्षात्का बेला पहिरो खसिरहने समस्या भएकाले अरू समयका लागिसमेत यो मार्ग सहज गन्तव्य बन्ने जानकार बताउँछन् । “डिमुवादेखि बेतेनीसम्म पहरोबाट जतिबेला पनि ढुङ्गा र पहिरो खस्ने समस्या छ”, स्थानीय गुरुदत्त चापागाईंले भने, “यो बाटो सहज भए बाढीपहिरोमा कुनै बेला रोकिनु पर्दैन ।” मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले वैकल्पिक मार्ग स्तरोन्नतिका लागि गाउँपालिकाले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको बताए ।

पूर्वसांसद कल्पना चापागाईंले दुई वर्षअघि नै यो सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने भन्दै केही नयाँ ट्रयाक खोल्न पहल थालेका थिए । चापागाईंका अनुसार बाह्रै महीना जोखिम लिएर यात्रा गर्नेका लागि देउपुरको सडक सुरक्षित गन्तव्य हो । “गौँडासम्म केही महीनामै कालोपत्र हुन्छ”, चापागाईंले भने, “टापुको बाटो उपयोग गर्दा यात्रुले सुरक्षित यात्रा गर्न सहज हुन्छ ।” यस बाहेक सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका–८ दोविल्लादेखि पकुवा, ठूलीपोखरी हुँदै स्याङ्जाको फूलबारीतर्फबाट पनि वैकल्पिक बाटो प्रयोग गर्न सकिने स्थानीय सरोकारवालाले सुझाव दिएका थिए ।

वि.सं.२०७५ माघ ८ मंगलवार १३:०८ मा प्रकाशित

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...