back

लार्चाको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न

वि.सं.२०७५ माघ ८ मंगलवार

114 

shares
NTC AD
Global IME AD

८ माघ, चौतारा  । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोद्वारा निर्माण भइरहेको उतm बन्दरगाह आगामी २०७६ वैशाख तेस्रो साता अर्थात सन् २०१९ मे १ मा चीन सरकारद्वारा नेपाललाई हस्तान्तरण गरिने कार्यक्रम रहेको इन्टर मोडेल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिए ।

सुख्खा बन्दरगाहको सम्पूर्ण भवन निर्माण कार्य, जमीन ढलान, रंगरोगन लगायतका काम सम्पन्न भइसकको छ । भोटेकोशी नदीमा निर्माण गरिने ११२ मिटर लामो पक्की पुलको दाँयाबायाँको पिलर तयार भई पुलमाथि फलाम राख्ने काम अन्तिमचरणमा पुगेकाले अबको ३८ दिनभित्र सकिने लक्ष्य रहेको त्यहाँ कार्यरत मिलना शेर्पाले जानकारी दिए ।

मितेरी पुलस्थित लिपिङमा रहेको साविक भन्सार कार्यलय भन्दा छ किलोमिटरयता रहेको सो बन्दरगाहा सुविधायुतm अत्याधुनिक हुनेछ । ५०० रोपनी क्षेत्रफल ओगटेको बन्दरगाहामा १५८ वटा ठूलो कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ । त्यस्तै ६० देखि १०० मेट्रिकटन सामग्री एकै पटक तौलिनेयन्त्र बन्दरगाहमा राखिनेछ । बन्दरगाह परिसरमा भन्सार कार्यालय, पशु तथा कृषि क्वारेन्टाइन, गोदामघर, जाँचपास यार्ड, चेकपोष्ट, बैंक तथा कर्मचारी आवास गृह सहितको संरचना तयार भएको छ ।

सिआरसिसीले २०७५ वैशाख २० गते एक वर्षमा सक्ने गरी इन्टर मोडेल यातायात विकास समितिसँग रु दुई अर्ब ३५ करोडमा सम्झौता गरेको थियो । शुरुमा २०६९ पुसमा २६ महीनामा सक्ने गरी रु एक अर्ब २० करोड ६८ लाखमा निर्माण गर्ने गरी बेइजिङ रियल स्टेट ग्रुपले सम्झौता गरेको थियो ।

विसं २०७१ र ०७३ को बाढी तथा २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएपछि काम रोकिएको थियो ।

वि.सं.२०७५ माघ ८ मंगलवार १४:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...