८ माघ, काठमाडौँ । जनता क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमति प्राप्त गरेको छ ।
जनता बैंक नेपाल लिमिटेडको शत प्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा रही मर्चेन्ट बैंकरको अनुमति प्राप्त भएको हो । जनता क्यापिटललले धितोपत्र, निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा गर्न सक्ने छ ।
कामनपा वडा नं. ११ थापाथलीमा कार्यालय रहेको जनता क्यापिटल लिमिटेडको आफ्नो उदेश्य अनुरुपको व्यवसाय अगाडी बढाउन सम्पूर्ण पुर्वाधार तयार भएको बताइएको छ ।
वि.सं.२०७५ माघ ८ मंगलवार १५:१९ मा प्रकाशित