back

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण, कम्तीमा ६५ को मृत्यु

वि.सं.२०७५ माघ ८ मंगलवार

408 

shares
GLOBAL IME AD
NTC AD


८ माघ, गाज्नी, अफगानिस्तान – अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो ।

गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराइएको थियो । त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ ।

“हामीले सोमबार ६५ जनाको शब निकाल्यौं,” वार्दाक प्रान्तका प्रान्तीय परिषदका उपप्रमुख मोहम्मद सरदार बखयारीले बताए ।

आफ्नो नाम बताउन नचाहने एक जना उच्च सुरक्षा अधिकारीले आक्रमणबाट ७० जनाभन्दा बढी मारिएको हुनसक्ने बताए ।

सोमबार प्रान्तीय अधिकारीहरुले उक्त आक्रमणबाट १२ जना मात्र मारिएको बताएका थिए । तर, केही सञ्चार माध्यमले १०० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक गरेका छन् ।

राष्ट्रिय सुरक्षा विभाग ९एनडीएस०को तालिम केन्द्रमा आक्रमण भएकाले मृतकको वास्तविक संख्या बाहिर आएको छैन । राजधानी काबुलबाट करिब ५० किलोमिटर दक्षिणको मैदान शाहरमा उक्त तालिम केन्द्र रहेको छ ।

आक्रमणबाट तालिम केन्द्रको भवनको छाना आंशिक ध्वस्त भएको देखिएको छ । आक्रमणकारी पनि जवाफी कारबाहीमा मारिएका छन् । वार्दाक प्रान्तीय परिषदका सदस्य अब्दुल वाहिद अक्बरजाईले भवनको छाना ढलेकाले सबैभन्दा बढी क्षति भएको बताएका थिए ।

“यो ठूलो क्षति हो,” परिषदका प्रमुख अख्तर मोहम्मद ताहिरीले बताए । “एनडीएस सैन्यबल अफगान प्रहरी र सेनाको तुलनामा निकै राम्रो तालिमप्राप्त एवं हातहतियारबाट सुसज्जित हुन्छन् ।”

उनले तालिबानी लडाकूहरुले अफगान विशेष फौजले लगाउने पोशाक लगाएको पनि जानकारी दिए ।

आइतबार मात्र तालिबानी आत्मघाती आक्रमणबाट लोगार प्रान्तका गभर्नरको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

सुरक्षा फौज र तालिबान लडाकूबीचको सङ्घर्ष पछिल्ला दिनमा अझ बढेको अनुभव गरिएको छ । विगतमा अफगानिस्तानमा चिसो मौसममा प्रत्यक्ष युद्धका घटना कम हुने गरेका थिए ।

वि.सं.२०७५ माघ ८ मंगलवार १५:२१ मा प्रकाशित

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी...

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

भ्लादिभोस्तोक, रूस । रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक...

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

नयाँ वार्ताअघि भन्सार शुल्कमा ट्रम्पलाई जापानी प्रधानमन्त्रीको दबाब

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय...

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

उत्तर कोरियाको युद्धपोत प्रक्षेपणमा ‘गम्भीर’ दुर्घटना

सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो...

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको...