back
CTIZAN AD

ब्रिटिश गोर्खा सैनिकको योगदानअनुसार सम्मान र सुविधा आवश्यक

वि.सं.२०७५ माघ ८ मंगलवार

1.2K 

shares


८ माघ, काठमाडौँ – सभामुख कृष्णबहादुर महराले ब्रिटिश गोर्खा भूतपूर्व सैनिकल बेलायती सेनामा रहेर गरेको बलिदानी र योगदानअनुरुपकोे सेवा, सुविधा र सम्मान पाउनुपर्ने बताएका छन् ।

ब्रिटिश गोर्खा भूपू सैनिक र उनका परिवारलाई वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले गोर्खा भूपू सैनिकका आवाजलाई सम्बोधन गर्न सरकारबाट पहल कदमीको आवश्यकता औँल्याएका छन् ।

सभामुख महराले भने, “भूपू गोर्खा सैनिकको पैतृक र आर्जित सम्पत्ति विदेश पलायन हुन नदिनेतर्फ राज्य सहज र सचेत हुनुपर्छ, नागरिकताजस्तो संवेदनशील विषयमा भने संविधानको मर्म र भूपूका भावनालाई सम्मान गर्ने ढङ्गबाट निष्कर्षमा पुग्नुपर्छ ।” उहाँले नेपालको स्वाधीनता र राष्ट्रियतालाई अक्षुण राख्ने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने विषयमा कुनै कन्जुस्याइँ हँ’दैन भने।

प्रतिनिधिसभा अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति पवित्रा निरौलाले ज्यानको बाजी लगाएर गरेको योगदानबापत पाउनुपर्ने मानसम्मान प्राप्तिका लागि गोर्खा भूपू सैनिकले उठाउँदै आएको माग र आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका थिए । उनले भने, “औचित्य र आवश्यकताका आधारमा नागरिकता प्रदान गर्ने विषयलाई हामी सबैले सम्मान गर्नुपर्छ, भूपू सैनिकलाई राष्ट्रिय भेट्रानको उपाधि दिनुपर्छ भन्नेमा समितिको समर्थन र सहयोग रहन्छ ।”

सांसद राधेश्याम अधिकारीले तत्काल सम्पत्ति हस्तान्तरण, अंशबण्डालगायतका विषयमा परेका अप्ठेरोलाई सहजीकरण गर्ने कानून निर्माणमा जोड दिन तथा वंशजका आधारमा नागरिकता प्राप्त गर्नेलगायतका अरु विषयलाई दीर्घकालीन मागका विषय बनाएर अघि बढ्न ब्रिटिश गोर्खा भूपू सैनिकलाई सुझाव दिए ।

प्राध्यापक बालकृष्ण माबुहाङले नेपालको स्वाधीनता र अखण्डताको लागि बलिदानी दिएको दुईसय वर्षको इतिहास बोकेका ब्रिटिश गोर्खा भूपू सैनिकलाई उनीहरुको योगदानको कदर गर्न राष्ट्रिय भेट्रानबाट सम्मान प्रदान गर्न सरकारलाई सुझाव दिए ।

“ब्रिटिश गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता नहुने हो भने हामीले अनुभव गर्नेभन्दा निकै धेरै पूँजी पलायन हुन सक्दछ, हाम्रा धेरै दाजुभाइ नागरिकताविहीन बन्नुपर्ने अवस्था सिर्जना हुन सक्दछ, यो विषयलाई सरकार र राजनीतिक दलले गम्भीरतापूर्वक लिओस्”, उनले भने ।

भूतपूर्वक सैनिक कल्याणकारी समितिका अध्यक्ष क्याप्टेन यमबहादुर बुढाथोकीले विदेशी मुद्राआर्जन र व्यापार घाटामा निकै ठूलो योगदान पुर्याउँदै आएका गोर्खा भूपू सैनिकलाई बेलायतले आवासीय भिसा दिने निर्णय सकारात्मक भएपनि उक्त कदमबाट नेपालको अर्थतन्त्रमा पुग्ने प्रभावको भने लेखाजोखा हुन आवश्यक रहेको धारणा व्यक्त र्गेका थिए ।

विश्वमा नेपाल र नेपालीलाई गोर्खा भनेर चिनाउने भूतपूर्व गोर्खा सैनिकका सन्ततिलाई नेपालको वंशजका आधारमा प्राप्त गर्ने नेपाली नागरिकताबाट वञ्चित गराउन नहुने तर्क गर्दै क्याप्टेन कृष्णबहादुर राईले बेलायत, भारत र सिङ्गापुर सैनिकबाट अवकाश प्राप्त गर्ने भूपू सैनिकको सङ्ख्या एक लाख ४० हजार हाराहारी रहेको जानकारी दिएका थिए । उनीहरुले पेन्सनबापत वार्षिक रु १० अर्ब बुझ्ने गरेको सो अवसरमा जानकारी गराइयो ।

सो अवसरमा संविधानविद् डा चन्द्रकान्त ज्ञावलीले गोर्खा भूतपूर्व सैनिक र गैरआवासीय नेपालीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने जिकिर गर्दै ब्रिटिश गोर्खा सैनिकलाई बेलायत सरकारले योगदानको कदर गरेर उपलब्ध गराएको आवासीय भिसा मानार्थको उपाधिजस्तै भएकाले उनीहरुका परिवारलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउन नमिल्ने संविधानको मनशाय होइन भने ।

भारतीय मात्र होइन, सिङ्गापुर पुलिसबाट अवकाश पाएकासमेत गरी १० हजारको सङ्ख्यामा भूतपूर्व सैनिकका परिवारले कागजपत्रमा हुने गरेको स–साना त्रुटिका कारण पेन्सन प्राप्त गर्न नसकेका तथा हाल तीन हजार ५०० को सङ्ख्यामा नेपाली नागरिक ब्रिटिश गोर्खा सैनिकमा कार्यरत रहेको जानकारी दिइयो ।

ब्रिटिश गोर्खा सैनिक र उनका परिवारजनलाई वंशजको आधारमा नागरिकता उपलब्ध गराउन प्रावधान ऐनमा नराख्ने हो भने १५ हजार ७८० पेन्सनधारीले आफ्नो चल अचल सम्पत्ति बेचबिखन गर्ने परिस्थिति आएमा खर्बौँ पूँजी नेपालबाट पलायन हुने कार्यक्रममा तथ्याङ्क प्रस्तुत गरियो । संसद्मा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ माथि छलफल भइरहेको छ । बेलायती सेनाले नेपालका मगर, गुरुङ र राई समुदायका युवालाई वार्षिक रुपमा करीब दुईसयको सङ्ख्यामा भर्ना गर्दै आएको छ ।

वि.सं.२०७५ माघ ८ मंगलवार १५:४३ मा प्रकाशित

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...