back

संसदमा भयो यस्तो हंगामा (हेर्नुस भिडियो सहित)

वि.सं.२०७५ माघ ८ मंगलवार

459 

shares
GLOBAL IME AD
NTC AD

संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा रोष्टममा गएर विरोध गर्दै नेपाली काँग्रेसका सांसदहरु । तस्वीर : रत्न श्रेष्ठ, रासस ।

८ माघ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ काङ्ग्रेस सांसद उठेपछि आजको बैठक अवरुद्ध हुन पुगेको छ । सभामुख महराले बैठक सञ्चालन गर्दै कार्यसूची अगाडि बढाउने क्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई शिक्षा तथा स्वास्थ्य समितिको सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि पेश गर्न भनेपछि कांग्रेस सभासदहरु आ–आफ्नो सिटबाट उठेर संसद अवरुद्ध गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै बैठक सञ्चालनमा सघाउन पटक पटक आग्रह गर्दा पनि काङ्ग्रेसका सांसदहरु उठेर बैठक चल्न नदिएपछि सभामुख महराले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । बैठक पुनः सञ्चालन गर्न खोज्दा पनि अवरुद्ध भैरहे पछि सभामुख महराले शुक्रबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

नेपाली काङ्ग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँस गरी आजको बैठक स्थगित भएको छ । प्रतिनिधि सभा बैठक २०७५ माघ ११ गते शुक्रबार दिनको १ः०० बजे बस्नेछ ।

भिडियो स्रोत : प्रतिनिधि सभा नेपाल

वि.सं.२०७५ माघ ८ मंगलवार २१:०६ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...