back

थप सुविधा माग्दै अस्थायी शिक्षक आन्दोलनमा

वि.सं.२०७५ माघ ८ मंगलवार

489 

shares
GLOBAL IME AD
NTC AD

८ माघ, काठमाडौँ । आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् ।

उनीहरुले आफ्नो ६० वर्ष उमेरसम्म रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा कानूनबमोजिम पाउने उपदान (गोल्डेन ह्याण्डसेक) मा औषधि उपचारको सुविधा थपेर तत्काल उपलब्ध गराइनुपर्ने माग राखेका छन् ।

शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा असफल भएका र भाग नलिएका अस्थायी शिक्षकको समूह ‘अस्थायी करार शिक्षक सङ्घर्ष समिति’ ले आफूहरुको भावी रोजगारीको सुनिश्चित माग गर्दै आजदेखि भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना शुरु गरेको हो ।

नेपाल सरकारले शिक्षक समुदायसँगको सहमति कार्यान्वयनका क्रममा शिक्षा ऐन (२०२८) को आठौँ र नवौँ संशोधनको व्यवस्थाअनुसार कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक परीक्षाको मौका दिई परीक्षाफल प्रकाशन भइरहेका बेला नवगठित समितिले सो माग अघि सारेको हो ।

परीक्षामा अनुत्तीर्ण हुने वा भाग नलिनेलाई सेवा अवधिका आधारमा उपदान सुविधा दिन सरकार तयार भएपनि सङ्घर्ष समितिले आफ्नो आगामी रोजीरोटी के हुने ? उपदान सुविधामा औषधि उपचार पाउने वा नपाउने र सो रकम कहिले पाउने भन्ने प्रश्न तेस्र्याएका छन् । अस्थायी शिक्षकको यो मागमा कार्यरत करार शिक्षक पनि मिसिएका छन् ।

सङ्घर्ष समितिमा आबद्ध शिक्षक रामकृष्ण पाण्डेले आफूहरुले विभागमा ज्ञापनपत्र बुझाएको जनाउँदै माग पूरा हुने आशा व्यक्त गरेका छन् । उनका अनुसार समितिमा करीब १२ हजार अस्थायी र करार शिक्षक आबद्ध छन् । विगतको सहमति र कानून संशोधनमा करार शिक्षक समावेश थिएनन् ।

गत वर्षको असार ९ गतेको नेपाल सरकार, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच भएको चार बुँदे सहमतिका आधारमा सबै जिल्लाबाट रिक्त शिक्षकको विवरण माग गरी शिक्षक सेवा आयोगले आन्तरिक परीक्षा शुरु गरेको हो ।

सरल प्रश्नका आधार लिइएको परीक्षामा न्यूनतम ४० अङ्क ल्याउने उत्तीर्ण भई स्थायी हुनेछन् । सहमतिबमोजिम २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्मको कूल रिक्त दरबन्दीको ४९ प्रतिशतमा आन्तरिक र ५१ प्रतिशत खुल्लातर्फ विज्ञापन गर्ने विषयमा आन्तरिकतर्फको विज्ञापनमा पद सङ्ख्या समायोजन भएको थियो ।

त्यसबेला कूल २६ हजार १५१ रिक्त शिक्षक दरबन्दी कायम गरिएको थियो । काठमाडौँ उपत्यका बाहिर रहनुभएका विभागका महानिर्देशक बाबुराम पौडेलले उक्त मागका बारेमा आफूले अध्ययन गर्ने तर कानूनी प्रबन्धभन्दा बाहिर गएर सेवा सुविधा दिन नसक्ने स्पष्ट गरे ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले विगतको सहमतिभन्दा बढी माग्नु उपयुक्त नहुने भन्दै नयाँ आन्दोलन सान्दर्भिक नहुने तर शिक्षा ऐन संशोधनअनुसार बिदा हुने शिक्षकलाई तत्काल सुविधा दिई रिक्त पद समायोजन गरी चाँडो खुल्ला परीक्षा हुनुपर्ने प्रतिक्रिया दिए ।

आयोगका प्रशासकीय प्रमुख डा तुल्सीप्रसाद थपलियाका अनुसार आन्तरिक परीक्षाको सबै तहको लिखित परीक्षाको नतिजा प्रकाशन भई अन्र्तवार्ताको क्रम आउँदो फागुन पहिलो सातासम्म पूरा हुनेछ । त्यसपछि अन्तिम नतिजा प्रकाशन हुनेछ ।

कूल २२ हजार ७६ पदमा विज्ञापन गरिएकामा दुई हजार ५०० पदमा दरखास्त नपरेपछि बाँकी हुन आउने पदमा परीक्षा लिइएको थियो । आयोगका अनुमानअनुसार परीक्षामा असफल र सामेल नभई करीब चार हजार ५०० शिक्षक बिदा हुनेछन् ।

वि.सं.२०७५ माघ ८ मंगलवार २१:४० मा प्रकाशित

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...