९ माघ काठमाडौ । सरकारको लगानी रहेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडका कर्मचारी १५ लाख मूल्यबराबरको औषधी नै गायब पारेका छन् । कर्मचारीहरुले पेस्कीका नाममा १ करोड ८ लाख ३८ हजार २७३ रुपैयाँ बर्षैदेखि पेस्कीका रुपमा राख्दै अनियमितता गरेका हुन् ।
पदाधिकारी तथा कर्मचारीले पेस्की फछ्र्योटका लागि कुनै पहल नगर्दा सो रकम उठ्न नसक्ने देखिएको छ । सामन्यतया पेस्की लिएको कम फछ्र्यौट गर्नुपर्छ तर संस्थाका कर्मचारीले वर्षैअघि लिएको पेस्की फछ्र्यौट गर्न नसकेको हो ।
राष्ट्रिय सहकारी विकास बोर्ड मातहत रहेको सो सहकारी संस्था लिमिटेडले विभिन्न सरकारी अस्पतालमा काउन्टर खोलेर औषधी बिक्री गर्दै आइरहेको छ । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ ९ बुधवार ०८:२५ मा प्रकाशित