Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

कर्णालीमा प्राङ्गारिक कृषि नमूना कार्यक्रम



९ माघ,सुर्खेत ।  कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘अर्गानिक कृषि मोडल कार्यक्रम’ लागू गरेको छ ।

अर्गानिक कृषि प्रविधिको विस्तार एवं विषादीरहित कृषि उत्पादन वृद्धिमा टेवा पुग्ने उद्देश्यले मन्त्रालयले कार्यविधि बनाइ कार्यक्रम थालेको हो । गत वर्ष फागुन ६ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश घोषणा गर्नका लागि रैथाने बालीको संरक्षण गर्दै आवश्यक आधार खडा गर्ने निर्णय गरेको थियो । सरकारले रासायनिक मल विषादीरहित खेती प्रणाली अपनाएका, एकीकृत कृषि फार्म सञ्चालन गरेर कम्तीमा वार्षिक रु २५ लाख कारोबार गरेका, बाली तथा पशु बिमा गरेका, कम्पोष्ट मल र गोठेमल उत्पादन तथा प्रयोग गर्ने कृषकलाई अनुदान दिने व्यवस्था गरेको छ ।

मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाले सो कार्यक्रमअन्तर्गत अनुदान लिन १० रोपनी क्षेत्रफलमा खेतीबाली गरेको हुुनुपर्ने, कम्तीमा १० गाईभैँसी, १०० भेडाबाख्रा र ३०० लोकल कुखुरापालन गरेका कृषकलाई विभिन्न शीर्षकमा अनुदान दिने व्यवस्था गरिएको जानकारी दिए। “कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्रबाट प्रस्ताव माग गरेका छौँ”, उहाँले भन्नुभयो, “कार्यविधिबमोजिम आएका प्रस्तावलाई मोडल कार्यक्रमअन्तर्गत छनोट गरी कम्तीमा तीन वर्षसम्म बजेट विनियोजन गर्ने योजना छ ।”

स्वीकृत कृषक÷समूहले अर्गानिक कृषि प्रविधि तथा उत्पादन सामग्री सहयोगमा अनुदान पाउनेछन् । लोप हुन लागेका चिनो, कागुनोजस्ता रैथाने बालीको उत्पादन एवं प्रवद्र्धन गर्न ७५ प्रतिशत अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । क्षमता अभिवृद्धिका लागि सम्बन्धित क्षेत्रका कृषि प्राविधिकलाई थप दक्ष बनाएर ‘अर्गानिक इन्सपेक्टर’ का रुपमा कार्यक्रममा परिचालन गरिने मन्त्रालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन