back

इजिप्टमा आतङ्कवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

वि.सं.२०७५ माघ ९ बुधवार

501 

shares
GLOBAL IME AD
NTC AD

९ माघ काएरो, इजिप्ट । इजिप्टको सिनाई क्षेत्रमा सेनाको आतङ्कवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको छ ।

उक्त कुरा इजिप्टको सेनाले मङ्गलबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।

“सिनाई द्वीपका उत्तरी तथा मध्य क्षेत्रका सुख्खा क्षेत्रमा सेनाले चलाएको आतङ्कवाद विरोधी कारबाहीमा कम्तीमा १५ जना कुख्यात आतङ्कवादी मारिएका छन्,” सेनाका प्रवक्ता टामेर अल रेफाइले भने ।

सेनाको दोस्रो तथा तेस्रो स्थल शिविर क्षेत्रमा भएका कारबाहीमा विस्फोटक पदार्थ र हतियारले सुसज्जित अन्य ४४ आतङ्कवादी मारिएका छन् ।

उक्त क्रममा सेनाका एक अधिकृत तथा अन्य छ सिपाहीको पनि मृत्यु भएको सेनाले बताएको छ ।

उक्त सुरक्षा कारबाहीका क्रममा सेनाले १४२ जना लडाकूलाई नियन्त्रणमा लिएको, ५६ गाडी तथा दुई हतियार भण्डार नष्ट गरिएको बताइएको छ ।

विद्रोहीद्वारा सेनालाई लक्षित गरी राखिएका २४२ विस्फोटक वस्तुलाई सुरक्षित रूपमा नष्ट गरेको सेनाले बताएको छ ।

इजिप्टमा इस्लामिक राष्ट्रपति मोहम्मद मोर्सीलाई आन्दोलनको भरमा सन् २०१३ मा पदच्युत गरिएपछि उनको स्थानमा आएको नेतृत्वले मोर्सीका समर्थक तथा इस्लामिक आतङ्कवादी समूहसँग पटकपटक सङ्घर्ष गरिरहनु परेको छ ।

सिनाई क्षेत्र इजिप्टको विद्रोही पक्षको राम्रो पकड भएको स्थान हो । उक्त क्षेत्रमा इजिप्टको इस्लामिक स्टेट समूह समर्थकको प्रभाव क्षेत्र हो ।

सिनाईमा मात्रै सन् २०१८ को फेब्रुअरीपछि भएका झडपमा परी ८०० लडाकू तथा ३० सैनिकको मृत्यु भएको छ ।

वि.सं.२०७५ माघ ९ बुधवार ०९:२८ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ, युक्रेन । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमवार भएको रुसी...

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

हनोई । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी...