Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

दुर्घटनामा एकको मृत्यु



९ माघ, भक्तपुर ।  काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ख ९३९० नं को बसले ठक्कर दिँदा आज एक महिलाको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–५ कटुञ्जे सिर्जनानगरमा बसबाट ओर्लेने क्रममा सोही बसको ठक्करबाट ओखलढुङ्गा ज्यामिरे–२ घर भई हाल भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीय प्रतिमा वाग्ले बानियाँको मृत्यु भएको हो ।

ठक्करबाट घाइते बानियाँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । बस र बस चालक दोलखा भीमेश्वर नगरपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने २७ वर्षीय नवराज नेपाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी