Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सम्मान मधेश साउदीद्धारा पीडित महिलालाई आर्थिक सहयोग



साउदीस्थित रहेको नेपालीहरुको साझा संगठन ‘सम्मान मधेश’ द्धारा सप्तरी डाकेन्सरी,न.पा. १० गाऊँ–बनौलाकस् मुस्लीम,असहाय परिवारलाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

बनौलाकी नसरत खातूनलाई संस्थाका पदाधिकारीहरुद्धारा स्थानीय बासी बिन्दी शाह,जवाल अनसारी दृरा उनको घरमै पुगी उक्त रकम हस्तान्तरण गरिएको हो ।

बिगत ३ बर्ष देखी श्रीमानले अर्कै महिला लिएर हिडेपछि खातूनको जीवन धेरै नै दुःख,कष्टमा बितीरहेको तथा उनी क्यान्सर रोगबाट पीडित भएको बताइएको छ ।

आर्थिक अवस्था निकै दयनिय रहेकोले आफ्नो उपचार तथा स–साना पाँचजना बच्चा,बच्चीको पालन,पोषन गर्ने नसकेर उनले आफनो भिडियो फेसबुकमा राखेकी थिइन् ।

खातुनको आर्थिक अवस्था धेरै नाजुक भएको हूनाले बालबालिका पढाई लेखाइबाट बन्चित भएका छन् ।
पिडीत खातुनका लागि केही राहत पुग्ने आसाका साथ आफूहरुले आर्थिक सहयोग गरिएको ‘सम्मान मधेश’ का अध्यक्ष त्रिलोकी शाहले बताए बताए ।

उक्त सहयोगका लागि संस्थामा आवद्ध नन्देश्वर शाह, बिन्दी शाह,अतबाला अनसारी, जवाल अनसारी, क्रिसन शाह र जित शाह ले हस्तान्तरण गरेका थिए ।

संस्थाले नेपाली गरिव, विपन्न तथा अनाथ घरपरिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय