सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य ।
९ माघ, काठमाडौं । आज देशभरी कतै हिउँको कहर, कतै वर्षा त कतै बादलले घामको तापलाई रोकिदिएको छ ।
हुम्ला, जाजरकोट, बाजुरा लगायतका जिल्लामा हिउँ परेर जन जीवन कष्टकर बनेको छ । तर, त्यहाँका स्थानीयहरु भने हिउँ पर्दा खुसी भएका छन् । हिउँ परेका कारण बाली सप्रने भन्ने उनीहरुको विस्वास छ ।
त्यस्तै काठमाडौंको आकास आज सफा देखिएको छ । मंगलबार राति देखि परेको वर्षाले यहाँको धुलोबाट मानिसहरुले राहत पाएका छन् ।
हुम्लामा हिमपात हुँदा हुम्ला सांस्कृतिक तथा पर्यटन पर्वद्धन युवा सञ्जालले सञ्चालनमा ल्याइएको चिप्लेटी खेल्दै बिदेशी तथा आन्तरिक पर्यटक ।सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य ।
जाजरकोट कुशेगाउँपालिका– ५ पर्यटकीय क्षेत्र पाँचकाटियामा हिउँ परेपछि सेताम्य भएको छ ।बुधबार मौसम पूर्वानुमान अनुसार पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भएको छ ।तस्बिर सबै रासस