back

अध्यक्ष तिमिल्सिना भन्छन्–‘खेलबाट पनि समृद्धि सम्भव’

वि.सं.२०७५ माघ ९ बुधवार

522 

shares
GLOBAL IME AD
NTC AD

९ माघ, पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले खेलबाट पनि समृद्धि सम्भव हुने बताएका छन् ।

कास्की जिल्ला भलिबल सङ्घ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा आजदेखि शुरु भएको कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय सिर्जना छात्रछात्रा भलिबल प्रतियोगताको उद्घाटन गर्दै उनले विश्वका विभिन्न राष्ट्र खेलका माध्यमबाट समृद्धि हासिल गरेको बताए ।

अध्यक्ष तिमिल्सिनाले खेलबाटै राष्ट्रको विशिष्ट पहिचानसमेत बनाउन सकिनेमा जोड दिँदै सरकारले व्यावसायिक खेलाडी उत्पादन गर्न यस क्षेत्रमा उचित लगानी गर्नुपर्ने बताए । खेल पर्यटनको विकासका लागि सरकारले योजना अगाडि बढाइसकेको उल्लेख गर्दै उनले यस किसिमका प्रतियोगिताले खेलको समग्र विकासमा टेवा पु¥याउनेमा जोड दिएका छन् ।

अध्यक्ष तिमिल्सिनाले प्रतियोगिताबाट उत्कृष्ट बनेका खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने बताउँदै खेलबाटै जीवनयापन गर्नसक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालले पोखरा रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै ५० हजार दर्शक अट्ने किसिमले निर्माण हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले सङ्घीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेल क्षेत्रको विकास गर्नुपर्ने बताए ।

उक्त अवसरमा खेल क्षेत्रमा विभिन्न तवरबाट योगदान गर्ने सिर्जना विकास केन्द्रका उपाध्यक्ष इन्द्रप्रसाद पौडेल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, सम्पन्न श्रेष्ठ र श्रीभत्त गुरुङलाई दोसल्ला ओढाइ सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

यही माघ १२ गतेसम्म हुने प्रतियोगितामा छात्रतर्पm २४ र छात्रातर्पm १० समूहले सहभागिता जनाउने सिर्जना विकास केन्द्रका अध्यक्ष राजकुमार गिरीले जानकारी दिएका छन् ।

वि.सं.२०७५ माघ ९ बुधवार १७:३५ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...