१० माघ काठमाडौ । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ ।
इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय लिएको थियो । महत्वपुर्ण आयोजनाका रुपमा लिइएको मेलम्चीलाई सरकारले निर्माणको बाँकी कामको जिम्मा सेनालाई दिने तयारी गरेको हो ।
स्रोतको अनुसार नयाँ निर्माण कम्पनी खोज्ने कि नेपाली सेनलाई दिने भन्ने विषयमा सरकारी तवरमा छलफल भइरहेको छ । तर सरकारले मेलम्चीको बाँकी काम गर्न उपयुक्त विकल्पका रुपमा नेपाली सेनालाई राखेको हो । आजको राजधानी दैनिक समाचारमा छ ।
वि.सं.२०७५ माघ १० बिहीवार ०८:११ मा प्रकाशित