१० माघ रामेछाप । सरकारले दिएको ३ लाखले घर पुननिर्माण गर्न नपुगे पछि रामेछापेलीलाई ऋणको भार थपिएको छ । हरेक परिवारले २ देखि ३ लाखसम्म ऋण गरेर घरको धुरी हालेका छन् ।
भुकम्पले ऋणमा पार्यो गुम्देल पेकरनासका निरज बस्नेतले सुस्केरा हाल्दै भने, तिर्ने बाटो छैन । उनले सडक सुविधा नहुँदा सामान बोक्नु परेको, डकर्मीको ज्याला उचाइमा पुगेका बेला घर बनाएकाले सरकारले दिएको अनुदानले नपुगेको बताए । जन हुने र सुविधा भएको ठाउँमा भएको भए त्यही अनुदानको पैसाले नै बन्थ्यो होला तर मेरो बनेन बस्नेतले भने, १ लाख ऋण बोकाएर घर ठगियो । आजको कान्तिपुर दैनिक समाचारमा छ ।