
१० माघ काठमाडौ । जग्गा पाउँ भनेर ८ लाख भन्दा बढी सुकुम्बासीले दिएका निवेदन विगत चार वर्षदेखि अलपत्र अवस्थामा छन् ।
सरकारद्धारा गठित सुकुम्बासी समस्या समाधान आयोगमा मुलुकभरका ८ लाख ६१ ह्जार सुकुम्बासीले जग्गा जमिन पाऊँ भनेर निवेदन दिएको चार वर्ष बितिसक्दा पनि सरकारले वास्तविक सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया अहिलेसम्म सुरु गरेको छैन । जग्गाको माग गर्दै निवेदनदिएका मध्ये वास्तविक सुकुम्बासीको संख्या अहिलेसम्म पनि यकितहुन सकेको छैन आजको राजधानी दैनिक समाचारमा छ ।