back

चिसोमा यसरी बनाउनुहोस् शरीर तातो

वि.सं.२०७५ माघ १० बिहीवार

684 

shares
NTC AD
Global IME AD

चिसोको मौसम छ । चिसोका कारण धेरै मानिसमा समस्याहरू देखिन्छ । चिसोको मौसममा विशेष गरेर दम तथा बाथका विरामीहरूले विशेष ख्याल राख्नुपर्ने हुन्छ । चिसोमा आगो ताप्ने, तातो अनि न्यानो कपडा लगाउने मात्र नभएर भित्री शरीरलाई तताउनका लागि खानामा यस्ता कुराहरू समावेश गर्नुस् जसले चिसोमा पनि शरीरलाई भित्रबाट तातो बनाइ राख्दछ । यदि हामीले भित्री शरीर तातो बनाउनका लागि यी उपायहरू अपनायौँ भने चिसो कम लाग्छ र चिसोबाट हुने धेरै प्रकारका समस्याबाट पनि बच्न सकिन्छ । आउनुहोस् जानाँै भित्री शरीरलाई कसरी तातो बनाउन सकिन्छ त !


मह-मह चिसोको मौसममा अत्यन्तै उपयोगी मानिन्छ । विभिन्न प्रकारका औषधिको रुपमा लिइने मह जाडोको मौसममा विशेष गरेर रुघाखोकी लाग्दा महको अधिक प्रयोग गरिन्छ । महलाई विभिन्न प्रकारका खानामा मिसाएर खान पनि सकिन्छ । जस्तै सुत्ने समयमा मनतातो दूधमा एकचम्चा मह राखेर खाएमा रुघाखोकी निको हुन्छ । महले शरीरको इम्युन सिस्टम दुरुस्त राख्नुका साथै पाचन प्रक्रिया पनि बढाउन सहयोग गर्दछ । साना बालबालिकालाई सुत्ने समयमा सानो चम्चाको एकचम्चा मह खुवाएमा धेरै फाइदा गर्दछ ।


कोदो तथा मकै भटमासको प्रयोग- गाउँ या सरहका धेरै मानिसहरू कोदोको पिठोको रोटी, ढिडो, मकैको आँटो, मकै भटमास भुटेर खाने चलनलाई विस्तारै भुल्दै जान थालेका छन् । सहरमा या गाउँमा विस्तारै पाउरोटी र बिस्कुटको प्रयोग बढी हुन थालेको छ । आमाहरू आजभोली बिहानै कोदोको पिठोको रोटी या मकै भटमासको विकल्पमा डोनोट, पाउरोटि, विस्कुट, दिउँसो चाउमीन, चाउचाउ अनि ममको नास्ता रोज्न थालेका छन् । बच्चाहरू पनि यस्तै खानमा रमाउँछन् । तर, त्यसले बच्चाहरूलाई फाइदा भन्दा नोक्सान गरिरहेको हुन्छ भन्नेमा हामी अभिभावक बुझ पचाइरहेका छौँ । यस्ता चिजमा बच्चा बढ्नका लागि पाइने भरपुर पोषकतत्व पाईंदैन्, जति मकै, भटमास, कोदोको रोटिमा पाइन्छ । दिनहुँ प्रयोग गर्नुपर्ने यस्ता खाद्यवस्तुलाई मानिसले रोग लागेपछि मात्रै प्रयोग गर्ने चलन बढेको छ । खानामा यस्ता प्रकारका खाद्यपदार्थ समावेश गरेमा यसले पनि धेरै रोग लाग्नबाट बचाउँछ । विशेषत बालबालिकाहरूलाई यस्ता खानामा बानी पार्न सक्ने हो भने यसले कुपोषणबाट बचाउँछ ।


माछाको अधिक प्रयोग– विशेषत जाडोमा माछाको अधिक प्रयोग गर्न स्वास्थ्यविज्ञ सल्लाह दिन्छन् । माछामा भरपुर मात्रामा ओमेगा थ्री पाइन्छ । साथै यसमा पाइने जिंकले पनि शरीरको रोग प्रतिरोधक क्षमता (इम्युनिटी) बढाउने र धेरै प्रकारका रोगबाट बचाउने स्वास्थ्यविज्ञ बताउँछन् । ध्यान दिनुहोस् माछा तारेर खाँदा भन्दा नतारी अन्य तरिकाले पकाएर खाएमा त्यसमा हुने पोषक तत्वहरू नास हुँदैनन् ।

सुप- चिसोको मौसममा सुप पनि अत्यन्तै उपयोगी हुन्छ । चिसोको मौसममा पानी खान मन नलाग्ने हुनाले पनि तातो सुपले पानीको मात्रा पनि पूरा गर्ने र शरीरलाई भित्रैदेखि तातो बनाउने काम गर्छ । यसमा ज्वानोको सुप, घरमा आफै बनाएर चिकेन सुप लगायतका विभिन्न तरिकाबाट सुप बनाएर खानु राम्रो हुन्छ । भरसक बजारबाट किनेर ल्याएको सुप नखानु नै राम्रो हुन्छ ।


खजुर-खजुर पनि हाम्रो शरीरको लागि अत्यन्तै फाइदाजनक मानिन्छ । तर, हाम्रो देशमा सहजरुपमा खजुर उपलब्ध नहुनाले धेरै मानिसहरू यसको पहुँचबाट टाढा रहेका हुन्छन् । पहुँच हुन्छ र सहजरुपमा उपलब्ध हुन्छ भने तातो दूधसँग केही पिस खजुर खानाले चिसोबाट बच्न सकिन्छ ।


तुलसीको चिया- तुलसीको चिया, मरिच राखेको चियो र अदुवा राखेको चियाले पनि चिसोमा राहत दिन्छ । यसले रुघाखोकीबाट छुट्कारा पाउन सकिन्छ ।


बदाम-जाडोको लागि बदाम पनि अत्यन्तै उपयोगी मानिन्छ । बदाममा मिनरल्स, एन्टी आक्सिडेन्ट, भिटामिन र धेरै प्रकारका पोषक तत्व हुन्छ ।


तील वा तोरीको तेल- चिसोको मौसममा हामीले परापूर्वकालदेखि प्रयोग गर्दै आएको शुद्ध तोरीको तेल तताएर दिनहुँ पाइताला र शरीरमा लगाउने गरेमा यसले पनि चिसो हुनबाट बचाउँछ । तोरीको तेलका अलावा तीलको तेलले शरीर मालिस पनि गर्न सकिन्छ ।


चिसोमा कब्जियतको समस्या पनि अधिक हुने स्वस्थ्यविज्ञ बताउँछन् । यस्तो अवस्थामा प्रसस्त मात्रामा फाइबर हुने खाना लाभदायक हुन्छ । बदाममा भिटामिन ‘ए’ र फाइबर भरपुर मात्रामा पाइने हुनाले यसको प्रयोग गर्न सकिन्छ । साथै सलादमा पनि फाइबर हुन्छ । साथै एवोकाडो पनि फाइबरको राम्रो स्रोत मानिन्छ । एक एवोकाडोमा ९ ग्राम फाइबर हुन्छ । यसलाई मन पर्नेले त्यत्तिकै पनि खान सकिने र सलादमा समावेश गरेर पनि खान सकिन्छ ।

वि.सं.२०७५ माघ १० बिहीवार ०९:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत ।  यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

  काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका...