Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

टर्कीका राष्ट्रपति मस्कोमा, सिरियाका कारण टर्कीमा पर्ने सुरक्षाबारे छलफल हुँदै



१० माघ, अङ्करा, टर्की । अमेरिकी सेनालाई सिरियाबाट फर्काउने वासिङ्टनको निर्णयपछि सिरिया समस्याबारे रूस र टर्कीबीचको परामर्शका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान बुधबार मस्कोतर्फ गएका छन् ।

मस्कोमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

एकदिने भ्रमणका क्रममा दुई नेताबीच दुईपक्षीय सम्बन्ध र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुने कार्यक्रम रहेको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु एजेन्सीले जनाएको छ ।

रूस जानुपूर्व एर्दोगानले गत सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति पुटिनसँग आफ्नो देशको सुरक्षाका लागि उत्तरी सिरियामा टर्की नियन्त्रित सुरक्षा क्षेत्र स्थापनाका लागि छलफल गर्ने बताए । अमेरिकाले आफ्नो सेनालाई सिरियाबाट फिर्ता गर्ने निर्णयसँगै टर्कीले आफ्नो दक्षिणी सीमा क्षेत्रमा सिरियाली द्वन्द्वको प्रभाव पर्ने भन्दै उक्त प्रस्ताव गरिएको हो ।

तर रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले गत हप्ता यस विषयमा बोल्दै सिरियाको उत्तरी क्षेत्रको नियन्त्रण सिरियासँगै हुनुपर्ने धारणा राखेका थिए । उनले सिरियामा सबै पक्षको चासोका विषयमा मस्को चिन्तित रहेको बताएका थिए ।

यसैबीच काजकास्तानको अस्तानामा भएको टर्की, रूस र इरानबीचको शिखर सम्मेलनको ‘युद्ध निशेधित क्षेत्र’ निर्माण गर्ने महत्वपूर्ण निर्णयबारे पनि विचार विमर्श हुने बताइएको छ ।

दुई नेताबीच सन् २०१८ मा विभिन्न प्रसङ्गमा सात पटक प्रत्यक्ष भेट भएको छ १८ पटक फोनमार्फत कुराकानी भएका छन् । प्राय ती सबै भेट तथा कुराकानी दुईपक्षीय सम्बन्धलाई मजबुत पार्ने तथा खासगरी सिरियालगायतका क्षेत्रको विकासका लागि केन्द्रित भएका बताइएको छ  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार