Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

बेलायत विदेशी लगानीका लागि खुला : व्यापारमन्त्री



१० माघ, डाभोस, स्वीट्जरल्याण्ड ।  बहिर्गमन (ब्रेक्जिट) प्रक्रियामा केही अन्योल सिर्जना भएका कारण संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीका लागि असुरक्षाको वातावरण भएको बताए पनि बेलायत लगानीका हिसाबले विश्वको प्रमुख गन्तव्य भएको यहाँका व्यापारमन्त्रीले बताएका छन् ।

बेलायत र युरोपेली सङ्घ छुट्टिने दिन करिब दुई महिना रहेका समय बहिर्गमन प्रक्रियामा केही अन्योल सिर्जना भएको स्वीकार गर्दै स्वीट्जरल्याण्डमा सञ्चारकर्मीसँगको कुराकानीमा बुधबार मन्त्री लियाम फक्सले भने, “ब्रेक्जिट प्रक्रियाबारे निर्णय नआउँदा संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीबारे संशय गर्नु स्वभाविक हो तर यसको छिट्टै टुङ्गो लाग्छ ।”

फर्म तथा कम्पनीहरूले स्थानान्तर गर्ने घोषणाबारे उनले लगानीका लागि कुनै पनि कम्पनी बाहिरिनु नपर्ने साथै उनीहरूको सुरक्षाका लागि सरकार दृढ रहेको उनको भनाइ रहेको छ । सोनी तथा डाइसन कम्पनीले बेलायतमा रहेका आफ्ना प्लान्टलाई स्थानान्तर गर्ने घोषणा गरेको प्रसङ्गमा उनको उक्त भनाइ आएको हो ।

एएफपीसँग डाभोसमा कुराकानी गर्दै उनले भने, संयुक्त अधिराज्य अहिले पनि र भोलि पनि वैदेशिक लगानीका लागि खुला छ र रहिरहनेछ । आफ्नो मुलुक वैदेशिक लागानीका लागि विश्वकै सुरक्षित गन्तव्य भएको उनले दोहो¥याए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४