Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

बेइजिङको ‘स्थायी बासिन्दा’ को जनसङ्ख्या घट्दो



१० माघ, बेइजिङ, चीन । चीनको राजधानी बेइजिङमा स्थायी बसोबास गर्ने चिनियाँ नागरिकको जनसङ्ख्यामा सन् २०१८ मा ०.८ प्रतिशतले कमी आएको देखिएको छ ।

बुधबार सार्वजनिक चीनको सरकारी तथ्याङ्क अनुसार बेइजिङमा स्थायी बसोबास गर्ने नागरिकको सङ्ख्यामा आएको ०.८ प्रतिशतको गिरावटसँगै यहाँको जनसङ्ख्या दुई करोड १५ लाख रहेको बताइएको छ ।

बेइजिङमा उमेरको आधारमा १५ देखि ५९ वर्षका स्थायी बासिन्दाको सङ्ख्या एक करोड ५६ लाख रहेको छ । यो शहरको सम्पूर्ण जनसङ्ख्याको ७२.६ प्रतिशत रहेको बेइजिङ महानगरीय तथ्याङ्क विभाग र बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभागको संयुक्त सर्वेक्षणले देखाएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार बेइजिङमा १४ वर्ष मुनिका स्थायी बासिन्दाको सङ्ख्या २३ लाख रहेको छ जुन यहाँको सम्पूर्ण जनसङ्ख्याको १० प्रतिशत हो । त्यसैगरी ६० वर्ष माथिका जनसङ्ख्या ३६ लाख अर्थात् १६.९ प्रतिशत रहेको छ ।

सन् २०१७ मा बेइजिङको स्थायी बासिन्दाको जनसङख्या दुई करोड १७ लाख रहेको थियो जुन सन् २०१६ को तुलनामा २२ हजारले कमी हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा