Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

हिमपात, असिनाले विद्युत सेवा अवरुद्ध, यातायात बन्द



१० माघ, बैतडी ।  हुरी, वर्षा र हिमपातले बैतडीमा विगत चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।

हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाइएको छ । जिल्लामा विद्युत सेवा अवरुद्घ हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् भने यहाँ सञ्चालित रेडियो प्रसारण तथा अन्य सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेका छन् ।

यसैबीच बैतडीमा बुधबार पनि असिना, वर्षासँगै हिमपात भएको छ । हिमपातले यहाँका राजमार्गसमेत अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ । अनारखोली, खोड्पेलगायतका क्षेत्रमा बाक्लो हिमपात भएकाले दशरथचन्द राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जनाकारी दिएका छन् ।

यसका साथै मोतीनगर, ढोल्यामोड, बित्थड, देउलेकलगायतका स्थानमा पनि भारी हिमपात हुँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । यसअघि मङ्गलबार पनि हिमपात भएको थियो । हिमपातले मङ्गलबार पनि राजमार्ग अवरुद्ध भएका थिए । हिमपातले अत्यधिक चिसो बढेकाले जनजीवन पनि प्रभावित भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार