back

प्रश्न, प्रश्न र प्रश्न !

वि.सं.२०७५ माघ १० बिहीवार

486 

shares
GLOBAL IME AD
NTC AD


अहिलेसम्म
एउटै पनि यस्तो समाचार छापिएन
प्रहरीको इन्काउण्टरमा परेर
भ्रष्टचारी मरेको समाचार छापिएन !

अहँ कहिलै छापिएन !
घुष लिदा लिदैको हाकिम
प्रहरी इन्काउन्टरमा परेको
यस्तो समाचार कहिलै छापिएन
वरु दैनिक पढ्नु पर्यो –
घुष लिदा लिदै प्रहरी हाकिम
अख्तियारको फन्दामा परेका समाचार
प्रहरीकै साथमा रहेको
सुन अनायास तामो भएका समाचार
त्यसपछि नानीहरूले सोधे-
प्रहरी र घुषखोर दाजुभाइ हुन अंकल ?

वर्ष भरिमा
कम्तिमा यस्तो समाचार पनि आओस-
ठग ठेकेदार मुठभेडमा ठहरै
कमिशनखोर नेता भाग्दा भाग्दै ढल्यो
भ्रष्ट हाकिमलाई चार गोली
घुषियाहरूलाई पक्रेर
भुसिया कुकुरलाई खान दिइयो
भो कुरा छोड्नुस
यस्तो समाचार कहिलै छापिएन !
प्रश्न फेरि पनि उठ्छ-
के ठेकेदार र प्रहरी ज्वाइँ ससुरा हुन ?

हप्ता असुलीमा इलाका जुधेपछि
या डनहरूले नेता हुन खोजेपछि
डनहरू नेता बन्दा
साविकको नेतालाई घच्च लागेपछि
रातारात इन्काउन्टर हुन्छ !
यसरी मर्नेहरूको सूची लम्विएपछि
अर्को प्रश्नको पुच्छर पलाउँछ-
के डन र प्रहरी एक अर्काका जार हुन ?

प्राय इनकाउण्टरमा पनि
ढल्ने गर्छन-
चिम्सो आँखा हुने डनहरू
श्याम वर्णका मात्र मानिसहरू !
या भूइँ तहका आवाराहरू
तर,
एउटा पनि सुन तस्कर
एउटा पनि खोला तस्कर
एउटा पनि चेलीबेटी तस्कर
कहिलै इन्काउन्टरमा परेनन
त्यसपछि फेरि प्रश्न जन्मन्छ-
के प्रहरी र तस्कर प्रेमी-प्रेमिका हुन ?

आजसम्मको इन्काउन्टरको सूचीमा
कहिलै नपरेपछि
क श्रेणीका ठग ठेकेदार
यही श्रेणीका कमिशनखोरहरू
तस्करहरू , लुटेराहरू
वलात्कारीहरू र भ्रष्ट नेताहरू
सोझाको मनमा पनि उठ्छ प्रश्न –
“प्रहरी हाम्रो साथी !”
यो जाली नारा
के ठग, भ्रष्ट र तस्करहरूले रचेका हुन ?

२०७५|१०|१०
सुवर्ण चोक, भक्तपुर

वि.सं.२०७५ माघ १० बिहीवार १२:४५ मा प्रकाशित

कविता : त्यो प्रेम नै हो

कविता : त्यो प्रेम नै हो

नीता गुरुङ, असम भारत जहाँ प्रेम हुन्छ त्यहाँ नै सुन्दर...

कविता : द्वन्दको फल

कविता : द्वन्दको फल

भुवन शिवाकोटी ‘चौघरे’, काठमाडौं यहाँ सिङ नभएकाहरू जुध्छन् तिनीहरू हेर्दा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय) देवघाट –५, तनहुँ १. बात मीठो थियो...

झिल्का कविता

झिल्का कविता

ध्रुव श्रेष्ठ, खोटाङ १. ऊ आफैँ हराएर उनलाई खोज्दै हिँड्यो...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे, भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...

कविता : देश नेपाल

कविता : देश नेपाल

तारा विष्ट छन्दार्पण,दाङ, हाल,मलेसिया यो देशको छ पहिचान अहा मजाको...