
केही महिना अघि ब्रेनट्यूमर भई IBN-SINA अस्पिटल कुवेतमा उपचारत बुद्ध कुमारी राई एनआरएनए, एनसिसि कुवेतको विषेश सहयोगमा २३ जनवारी २०१८ को दिन ओमान एयर बाट स्वदेश फर्केकि छिन । बुद्ध कुमारीलाई स्वदेश फर्काउन नेपाली दुतावास कुवेतको विशेष भूमिका रहेको थियो ।
बुद्ध कुमारीलाई एनआरएनए, एनसिसिको पहलमा स्पोन्सरबाट पासपोर्ट उपलब्ध गराई बिरामी बुद्धको लागि एकजना सहयोगी सहित दुई वटा हवाई टिकट उपलब्ध गराएको थियो ।
एनआरएनए एनसिसि कुवेतले उनको उद्धार तथा आर्थिक सहयोगमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने नेपाली दुतावास कुवेत, पत्रकार मित्रहरु, शुभेच्छुक सम्पुर्णमा हार्दिक आभार व्यक्त गरेको छ ।