back

बसपार्क व्यवस्थित बन्न नसक्दा समस्या

वि.सं.२०७५ माघ १० बिहीवार

483 

shares
GLOBAL IME AD
NTC AD

१० माघ, डोटी ।  दीपायलस्थित पिपल्लामा रहेको एक मात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या हुन थालेको छ ।

विसं २०६० जेठ ९ गते जमीन भाडामा लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी दीपायल सिलगढी नगरपालिकाले निर्माण कार्य अगाडि बढाएको थियो । नगरपालिकाको रु १६ लाख र अन्य सङ्घसंस्थाको सहयोग तथा उपभोक्ता समूहको श्रमदानसमेत गरी कूल रु २४ लाखको लागतमा निर्माण सम्पन्न भएका उक्त बसपार्कमा रहेका संरचना तथा समग्र बसपार्कको सौन्दर्य लामो समयसम्म टिक्न सकेन ।

ग्राभेल तथा पिच नभएका कारण बसपार्क सामान्य पानी पर्दासमेत हिलाम्मे हुने गरेको छ । करीब १० कोठे भवन बराबरको शौचालयसमेत बसपार्कको छेउमा बनाइएको छ तर शौचालय प्रयोग गर्न त के शौचालय टाढैबाट अवलोकन गर्न लायक पनि छैन । फोहरै फोहरले भरिएको शौचालय र शौचालय जाने बाटो पनि त्यस्तै फोहर भएकाले शौचालय प्रयोगविहीन बनेको स्थानीयवासी भरत विकले बताए । उनले भने, “बसपार्कमा सबै सेवा सुविधा बनाएको छ तर उपयोगविहीन छन्, बनाएको पनि केही काम लागेन ।”

बसपार्क वरिपरिको ढलनिकास कार्यसमेत व्यवस्थित छैन र ढल निकासका लागि बनाइएको नहर पनि फोहरको थुप्रोले भरिएको छ । बसर्पाक व्यवस्थित नहुँदा यातायात व्यवसायीलाई गाडी पार्र्किङ गर्न मात्र नभई त्यस क्षेत्रका अन्य व्यापारीलाई समेत निकै समस्या पर्ने गरेको नेकपाका नेता तथा स्थानीयवासी तेज डुम्रेलले बताए । बसपार्कमा खाल्डाखुल्डी परेर निकै अव्यवस्थित बनेको छ । बसर्पाक अव्यवस्थित हुँदा बर्सात्को मौसममा समान्य पानी परेपछि सबै पानी आफूहरुको पसलमै आउने गरेको व्यापारीको गुनासो छ ।

गाडीचालक चक्र भण्डारीले भने, “बसपार्क सञ्चालकहरुले दैनिक गाडी राखेको पैसा उठाउँछन् तर बसपार्क व्यवस्थित गर्दैनन् ।” बसपार्क सञ्चालकहरुले सडकमा गुड्ने गाडीहरुबाट पनि शुल्क असुल्ने गरेको दाबी गर्दै भण्डारीले भने, “बसपार्कमा बस्ने गाडीबाट शुल्क लिनु स्वाभाविकै हो तर सडकमा हिँड्ने अन्य गाडीबाट पनि शुल्क असुल्नु गैरकानूनी हो ।”

दीपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत भोजराज शर्माले बसपार्क व्यवस्थित गर्न पटक–पटक थुप्रै प्रयास गरेको भए तापनि स्थानीयवासीले त्यसको सही सदुपयोग गर्न नसक्दा सबै प्रयास निरर्थक बन्न पुगेको बताए ।

वि.सं.२०७५ माघ १० बिहीवार १४:०७ मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

काठमाडौँ । नेपालीहरूको भान्सामा आलुको परिकार नपाकेको दिन हुन्न ।...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई...

कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई...